मङ्गलवार, फागुन २६, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

कम्बोडियामा सभामुखको संसदीय भेटघाट

आइतवार, मंसिर ९, २०८१

नोम पेन्ह (कम्बोडिया)- पाँच दिने कम्बोडिया भ्रमणमा रहनुभएका सभामुख देवराज घिमिरेले संसदीय भेटघाट सुरु गर्नुभएको छ ।
सभामुख घिमिरेले शनिबार साँझ कम्बोडियन समकक्षी तल्लो सदन नेसनल एसेम्ब्लीका अध्यक्षसँग शिष्टाचार भेट गर्नुभएको सभामुखको सचिवालयले जनाएको छ । भेटमा द्विपक्षीय हित, नेपालको शान्ति प्रक्रियाको प्रगति, संसदीय आदान प्रदान लगायतका विषयमा छलफल भएको छ ।

सभामुख घिमिरेले शनिबार कम्बोडियाको राष्ट्रिय सभाका अध्यक्ष सम्देच मोहा रथसपिथिका थिपादेई खुऔन सुदारीसँग भेट गर्नुभएको थियो । भेटमा सभामुखले सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसदको ११ ओ पूणर् सत्रको आयोजना गरी आमन्त्रण गरेकोमा धन्यवाद दिनुभएको थियो ।
सभामुख घिमिरेले भेटमा नेपालको शान्ति प्रक्रियासँगै समावेशी र प्रगतिशील संरचना निर्माण भएको बताउनुभएको थियो । ‘नेपालमा सन् २००६ मा विस्तृत शान्ति सम्झौता सम्झौताले स्थायित्व ल्याउनुका साथै संविधानसभाबाट संघीयता सहितको समावेशी र प्रगतिशील संरचना बनाउन महत्वपूणर् योगदान पुर्‍याएको छ,’ सभामुखले भन्नुभयो ।

नेपालको शान्ति प्रक्रियामा प्राप्त गरेको सफलता र संसदबाट हालै संक्रमणकालीन न्याय सम्बन्धी कानून पारित गरेको भन्दै सभामुखलाई कम्बोडियन संसदले गार्ड अफ अनर दिएको छ ।
सभामुखले प्रधानमन्त्री मानेटको गतिशील नेतृत्वमा कम्बोडियाले सामाजिक-आर्थिक विकास गरेकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘विगत दशकहरूमा कम्बोडिया अधिराज्यले हासिल गरेको आर्थिक समृद्धिप्रति नेपाल सरकार, नेपालको संसद र नेपाली जनताले प्रशंसा गर्दछन् ।’

सभामुख घिमिरेले नेपाल सरकार र कम्बोडिया सरकारबीच भर्खरै सम्पन्न भएको हवाई सेवा सम्झौताले जनताबीचको सम्पर्कलाई थप वृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो ।
सभामुख घिमिरेले आइतबार बिहान प्रधानमन्त्री सम्देच हुन मानेट र माथिल्लो सदन सिनेटका अध्यक्ष सम्देच हुन सेनसँग अनौपचारिक भेट गर्नुभएको छ । प्रधानमन्त्री र सिनेट अध्यक्षसँग शिष्टाचार भेट पछि हुनेछ ।

पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कम्बोडियाको राजधानी नोम पेन्ह पुग्नुभएका सभामुखले आज सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसदको ११ ओ पूणर् सत्रमा सम्बोधन गर्ने कार्यक्रम छ । सभामुख आगामी मंसिर ११ गते मंगलबार स्वदेश फर्कनुहुनेछ ।

सम्बन्धित खबर