मङ्गलवार, वैशाख १, २०८३
Nayapaper | अनलाइन पत्रिका

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

क्यान झापाको अध्यक्षमा शुभ कुमाई सर्वसम्मत

सोमवार, मंसिर १०, २०८१

झापा, १० मंसिर : कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान) झापा शाखाको दशौं वार्षिक साधारणसमा तथा पाँचौ अधिवेशनले क्वालिटी कम्प्युटरका निर्देशक शुभ कुमाई पाठकको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

क्यान झापाका अध्यक्ष कृष्णप्रसाद घिमिरेको अध्यक्षता तथा क्यान महासंघका केन्द्रीय अध्यक्ष रन्जितकुमार पोद्धारको प्रमुख आतिथ्यमा प्रथम आईटी सिस्टम प्रालि बिर्तामोडको तालिम कक्षमा आज आइतबार सम्पन्न वार्षिक साधारणसभाले नयाँ नेतृत्व चयन गरेको हो ।

अधिवक्ता पवन कार्कीको संयोजकत्वमा क्यान कोशी प्रदेशका अध्यक्ष रोशन दाहाल र पूर्व केन्द्रीय सदस्य दिपेश पाठक सदस्य रहेको निर्वाचन समितिले लोकनाथ खनाल (लोकप्रिय), खगेन्द्र मिश्र, बिनोद श्रेष्ठ, जेनिशा पोखरेल, योगेश राजवंशी, तोषराज ठाकुर र वाप्पा साहालाई सदस्यमा सर्वसम्मत चयन गरेको छ । यस्तै क्यान झापाको संस्थागत कार्यसमिति सदस्यमा साझामञ्च मिडियाका प्रधान सम्पादक गोपाल काफ्लेलाई चयन गरिएको छ ।

निर्वाचन समितिको संयोजक अधिवक्ता पवन कार्कीले निर्वाचित उम्मेदवारहरुको नाम घोषणा गरी अध्यक्ष पाठकलाई सपथग्रहण गराएका थिए । सो पछि अध्यक्ष पाठकले सदस्यहरुलाई सपथ ग्रहण गराउनु भयो ।क्यानको विधान अनुसार कार्यसमितिको बैठकले पदाधिकारीको जिम्मेवारी तोक्ने ब्यवस्था छ । आईतबार निर्वाचित कार्यसमितिको पहिलो बैठकबाट पदाधिकारी चयन गरिने नवनिर्वाचित अध्यक्ष पाठकले जानकारी दिनुभयो ।

 

सम्बन्धित खबर