मङ्गलवार, फागुन २६, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

स्वयंसेवा तालिमले सहज बन्दै हात्तीपाइलेपीडितको दैनिकी

बुधवार, मंसिर १२, २०८१

बनियानी (झापा), १२ मङ्सिरः झापा गाउँपालिका–५ पन्थापाडाकी ७० वर्षीया खिरमन गणेश तीन दशकदेखि हात्तीपाइले रोगबाट पीडित हुनुहुन्छ । उहाँको घुँडामुनिको भाग सुन्निएको छ । दुईदिने स्वयं हेरचाह तालिम लिएपछि उहाँको दैनिकी केही सहज बनेको छ ।

सहारा नेपालद्वारा सञ्चालित ‘विश्वास’ परियोजनाले उहाँलाई स्वयं हेरचाह तालिम दिएपछि उहाँ आफ्नो स्वास्थ्यको स्याहार आफैँ गर्न सक्ने हुनुभएको हो । “२५–३० वर्ष भयो रोग लागेको”, लुगा धुने ठूलो बाटामा दुवै खुट्टा डुबाएर सरसफाइ गर्न बस्नुभएकी उहाँले भन्नुभयो, “बिरामी खुट्टा कसरी सफा गर्ने थाहा भयो ।”

उहाँजस्तै हात्तीपाइलेपीडित झापा गाउँपालिका–५ पन्थापाडाकी बिनादेवी गणेशलाई अहिले उठबस गर्न समस्या हुन्छ । स्वयं हेरचार तालिम लिएपछि आफ्नो दैनिकी केही सहज भएको उहाँको अनुभव छ । आफूलाई शौचालय आउजाउ गर्न असहज भएको बताएपछि उहाँलाई ‘ट्वाइलेट चियर’ प्रदान गरिएको छ ।

उक्त गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रेम न्यौपाने हात्तीपाइलेले सुन्निएको ठाउँको उचित सरसफाइ हुनुपर्ने बताउनुहुन्छ । “रोग प्रभावित अङ्गलाई थप बिग्रिन नदिन उचित सरसफाइ हुनुपर्छ”, उहाँले भन्नुभयो, “हात्तीपाइले रोगीलाई वर्षमा एक–दुई पटक धेरै ज्वरो आउँछ, त्यसलाई यसले रोक्न मद्दत गर्छ ।”

तालिमसँगै हात्तीपाइले र कुष्ठरोगीका मागको आधारमा सहायक समग्री प्रदान गर्ने गरिएको करुणा फाउण्डेशनका कार्यक्रम अधिकृत अङ्कित पाठकले बताउनुभयो । “हात्तीपाइले रोगीलाई दुई दिने स्वयं हेरचाह तालिम दिने गरिएको छ”, उहाँले भन्नुभयो, “मागअनुसार सहायक सामग्री पनि दिन्छौँ ।”

करुणा फाण्डेशनमार्फत सन् २०२२ देखि हालसम्म तीन सय ८७ जनालाई स्वयं हेरचाह तालिम, एक सय २३ जनालाई आयआर्जन तालिम, एक सय ५५ जनालाई सहायक सामग्री, ४८ जनालाई उपचारमा सहयोग र १६ जनालाई रु १२ हजारका दरले व्यवसायका लागि बीउपँुजी प्रदान गरिएको कार्यक्रम अधिकृत अङ्कित पाठकले जानकारी दिनुभयो ।

सहारा नेपालको विश्वास परियोजनाका कार्यक्रम संयोजक पवन राईले परियोजनाअन्तर्गत झापाका १० वटा पालिकामा १० प्रकारका उष्णप्रदेशीय रोग कुष्ठरोग, हात्तीपाइले, जुका, डेङ्गी र चिकनगुनिया, कलाजार, सर्पदंश, रेबिज, लुतो, फित्तेजुका र खस्रेको क्षेत्रमा काम गर्दै आएको जानकारी दिनुभयो ।

“मुलुकबाट यी रोग निवारणका लागि सरकारले तय गरेको लक्ष्यमा पुग्न सहयोगी काम गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “स्थानीय तह र सरोकारवाला निकायसँग सहकार्य भइरहेको छ ।” परियोजनामार्फत सामुदायिक स्वास्थ्य सेवालाई एकीकृत र गुणस्तरीय बनाउने प्रयास जारी रहेको उहाँले बताउनुभयो ।

विपन्न समुदायमा यी रोग बढी मात्रामा देखिएको कार्यक्रम संयोजक राईले सरकारले उनीहरुको स्वास्थ्य बीमा गर्नुपर्नेमा जोड दिनुभयो । “सरकारले हात्तीपाइले र कुष्ठरोगीको स्वास्थ्य बीमा गरे राम्रो हुने थियो”, धनसम्पत्ति नहुँदा उपचार नगरी रोग पालेर बस्न बाध्य भएको बताउँदै उहाँले भन्नुभयो, “हात्तीपाइले र कुष्ठरोगका कारण अङ्गभङग भएकालाई सरकारले अपाङ्गताको परिचयपत्र दिइएको छैन, उनीहरुलाई पनि परिचय पत्र दिनुपर्छ ।”

विश्वास परियोजनाअन्तर्गत ३६ जना कुष्ठ तथा हात्तीपाइले रोगीलाई आयआर्जन तालिम, ३९ जनालाई सहायक सामग्री, १९ जनालाई उपचारमा सहयोग, चार सय २७ जना स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि, पाँच सय ३५ जना महिला स्वास्थ्य स्वयंसेविकाको क्षमता अभिवृद्धि, सात जना स्वास्थ्यकर्मीलाई सर्पदंश व्यवस्थापन तालिम, छ जना स्वास्थ्यकर्मीलाई प्रयोगशालाको तालिम, दमकमा ‘एनटीडी रेफरल सेन्टर’ स्थापना, छ जना नर्सिङ कर्मचारीलाई ‘एसबीएन’ तालिमको व्यवस्था गरेको छ ।

परियोजना सुरु भएपछि झापा गाउँपालिकामा कुष्ठरोगीको सङ्ख्या घटेको छ । पाँच वर्ष १९ जना कुष्ठरोगी फेला परेकामा सो सङ्ख्या घटेर चारमा झरेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रेम न्यौपानेले जानकारी दिनुभयो । उक्त गाउँपालिका जिल्लामा सबैभन्दा धेरै हात्तीपाइले प्रभावित क्षेत्र हो । यहाँ एक सय ६९ जना हात्तीपाइलेका नयाँ बिरामी फेलापरेका छन् । यो पालिकाको पनि सबैभन्दा बढी हात्तीपाइले रोग प्रभावित स्थान पन्थापाडा हो । यहाँ हाल २५ जना हात्तीपाइले बिरामी भेटिएका छन् ।

झापामा नयाँ तथा पुराना गरी हाल दुई हजार तीन सय तीन जना हात्तीपाइलेका बिरामी छन् । तीमध्ये ‘लिम्फोडि’मा भएका आठ सय ४७, ‘हाइड्रोसिल’का एक हजार तीन सय ५६ र दुवै भएका ७१ जना छन् ।

सम्बन्धित खबर