शुक्रवार, मंसिर २८, २०८१
Nayapaper | अनलाइन पत्रिका

सताक्षीधाममा नव निर्मित ८७ धाराको मुख्यमन्त्रीद्वारा उद्घाटन

बिहिवार, मंसिर १३, २०८१

शिवसताक्षी, १३ मंसिर : झापाको ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल सताक्षीधाममा नवनिर्मित ८७ धाराको आज उद्घाटन गरिएको छ ।
पौराणिक कथासँग जोडिएको ऐतिहासिक क्षेत्र सताक्षीधाममा जनस्तरबाट निर्मित ८७ धाराको कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कार्कीले उद्घाटन गर्नु भएको हो ।
सताक्षीधाम धार्मिक तथा पर्यटन विकास समितिले दिगम्बेशर शिवलालयको पूर्व सतासी खोलाको तटमा ८७ ओटै धारा बनाउने अवधाराणा अनुसार धारा निर्माण गरिएको सताक्षीधाम धार्मिक तथा पर्यटन विकास समितिले जनाएको छ ।
पौराणिक कथासँग जोडिएको यो धामको वास्तविक नाम शताक्षी हो । “शताक्षी“ शब्दको अर्थ हुन्छ सय आँखा भएकी देवी । शताक्षीको व्याख्या विभिन्न धार्मिक र सांस्कृतिक सन्दर्भमा जोडिएर आउने श्री शताक्षी गोवर्धन गौशालाका अध्यक्ष तथा संरक्षक आचार्य नन्दकिशोर भारद्वजले बताउनु भयो ।
नव निर्मित धारालाई मुक्तिनाथमा भएको १०८ धारा पछिको दोस्रो धारा भएको बताइएको छ ।सताक्षीधाममा आउने भक्तजनहरुले ८७ धारामा स्नान गरेर मन्दिरमा पुजा गर्ने छन् ।
यसै बीच सताक्षीधाममा अतिथि गृहको पनि आजै शिल्यान्यस गरिएको छ । उक्त अतिथि गृह तीन तल्लाको हुने धार्मिक तथा पर्यटन विकास समितिले जनाएको छ ।मुख्यमन्त्री कार्कीले भवन निर्माण गर्नका लागि प्रदेश सरकारको सहयोग रहने बताउनु भयो । तर अहिले यति नै रकम हुन्छ भन्ने चै छैन । निर्माण समितिले सबै कागजी प्रकृया पुरा गरेपछि काम अघि बढ्ने उहाँको भनाई थियो । यस्तै गोवर्धन गौशालाका संरक्षक भारद्वाजले अतिथि गृह निर्माण गर्न १० लाख दिने घोषणा गर्नु भयो ।

अतिथि गृह तीन तलाको ५१ कोठाको हुने भवन स्थानीय तह, प्रदेश सरकार र दाताहरूको सहयोग लिएर निर्माण गरिने धार्मिक तथा पर्यटन विकास समितिले जनाएको छ ।

कार्यक्रममा प्रदेश सांसद राधाकृष्ण खनाल, पूर्व सांसद तारासम योङ्या, नगर प्रमुख मेगाहाङ्ग थोप्रा, उपप्रमुख नरमाया कार्की लगायत जनप्रतिनिधिहरु, राजनीतिक दलका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

 

सम्बन्धित खबर