मङ्गलवार, फागुन २६, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

झापामा विपद् व्यवस्थापन केन्द्र धमाधम निर्माण हुँदै, इलाम र मोरङ पनि लाभान्वित हुने

मङ्गलवार, मंसिर १८, २०८१

झापा, १८ मङ्सिरः मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्रअन्तर्गत जिल्लाका चार पालिकाको साझेदारीमा एकीकृत विपद् व्यवस्थापन केन्द्र धमाधम निर्माण भइरहेको छ ।

अर्जुनधारा, बिर्तामोड, बुद्धशान्ति र कनकाईको साझेदारीमा अर्जुनधारा नगरपालिका–१ मा निर्माणाधीन उक्त परियोजनाको कुल लागत रु पाँच करोड २० लाख रहेको छ । स्वीस सरकार र कोशी प्रदेश सरकारले परियोजनालाई सहयोग गरेका छन् । उक्त एकीकृत विपद् व्यवस्थापन केन्द्रमा प्रहरीको युनिटसहित चारवटा दमकल, एउटा शववाहन, प्रहरी वाहन र तीनवटा साना वाहन रहने अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमालले बताउनुभयो । वाहन मर्मत गर्ने ग्यारेज, पानी जम्मा गर्ने रिजर्भियर, विपद् सामग्री भण्डारण गर्ने गोदाम, प्रहरी, कामदार र कर्मचारी बस्ने आवास, हेलिप्याड, प्रशासनिक भवनलगायत पूर्वाधार निर्माण भइरहेको उहाँले जानकारी दिनुभयो ।

परियोजनामा प्रदेश सरकारको ५० प्रतिशत, स्वीट्जरल्याण्ड सरकारको २० प्रतिशत, बुद्धशान्ति गाउँपालिकाको छ प्रतिशत र अन्य तीनवटा नगरपालिकाको २४ प्रतिशत लगानी रहने बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईले बताउनुभयो ।

उक्त परियोजनाको सोमबार साझेदार चारवटै पालिकाका जनप्रतिनिधिले अनुमगन गरेका छन् । सञ्चालन कार्यविधिअनुसार परियोजनाको सञ्चालन र रेखदेख चारवटै स्थानीय तहले मिलेर गर्ने र उपयोग भने त्यसभन्दा बाहिरका पालिकाले पनि गर्न सक्नेछन् ।

विसं २०८० मङ्सिरमा सुरु गरिएको उक्त परियोजना दुई वर्षभित्र निर्माण भइसक्नुपर्ने ठेक्का सम्झौतामा उल्लेख छ । हाल परियोजनाको भौतिक प्रगति ५० प्रतिशत र आर्थिक प्रगति ४० प्रतिशत रहेको परियोजनामा कार्यरत इञ्जिनियर नीता नेपालले बताउनुभयो ।

जिल्लाको केन्द्रीय भूभाग पारेर अर्जुनधारामा निर्माण गरिने विपद् व्यवस्थापन केन्द्रबाट जिल्लाको १५ वटै पालिका र छिमेकी इलाम र मोरङ जिल्लावासी पनि लाभान्वित हुने कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेल बताउनुहुन्छ ।

केन्द्रमा विपद् व्यवस्थापनका लागि आवश्यक पर्ने दमकल, एम्बुलेन्स, डुङ्गा, शववाहन र अन्य उपकरणसहित चौबीसै घण्टा प्रहरी जनशक्ति तैनाथ रहने भएकाले कुनै पनि विपद्का बेला यसबाट उद्धार कार्यलाई छिटो र व्यवस्थित रूपमा अघि बढाउन सकिने उहाँले जानकारी दिनुभयो ।

अन्तरपालिका साझेदारीमा परियोजना सञ्चालन भएकाले यसलाई कोशी प्रदेशको नमूना विकास परियोजनाका रूपमा हेरिएको छ । पालिका एक्लाएक्लैले लगानी गर्न असम्भव हुने र साझा सवालमा मिलेर लगानी गर्ने अवधारणाअनुरुप जिल्लाका चारवटा पालिकाको साझेदारीमा एकीकृत विपद् व्यवस्थापन केन्द्रको निर्माण भइरहेको अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेब गोम्देन बताउनुभयो ।

सम्बन्धित खबर