मङ्गलवार, फागुन ५, २०८२
Nayapaper | अनलाइन पत्रिका

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

बिर्तामोड ७ मा ‘एक घर एक बत्ती’ अभियान

बुधवार, मंसिर १९, २०८१

बिर्तामोड, १९ मंसिर : बिर्तामोड नगरपालिका वडा नम्बर ७ मा
'एक घर एक बत्ती अभियान' सुरुवात भएको छ ।
जंगली हात्ती प्रभावित यस वडामा स्थानीयलाई रातिको समयमा हिँडडुल गर्न सहज होस् भन्ने उदेश्यले 'एक घर एक बत्ती अभियान' सुरु गरीएको हो ।

यस वडामा २४ वटा टोल रहेका छन् । यी मध्ये हालसम्म हात्तीबाट बढी प्रभावित रहेका बाह्रघरे, झोलुङ्गे, खालबाडी, सिमसार, पाथिभरा, स्रिजंघा, फक्तालुङ लगायतका टोलमा १५० भन्दा बढी सडक बत्ती जडान गरीएको वडाअध्यक्ष अबिरल कृष्ण खरेलले जानकारी दिनुभयो ।

उहाँले यो अभियानलाई प्राथमिकताको साथ अघि बढाईने बताउनु भयो । अहिले बत्ती जडान कार्य धमाधम भईरहेको र सबै ठाउँमा आवश्यकता अनुसार जडान गरीने बताउनु भयो ।

नगरपालिकाको सहयोगमा वडा कार्यालयले बत्ती जडान गरेको हो । घर घर बाटै लाइन टाँगेर जडान गरीने हुँदा त्यसको महशुल व्यक्तिले नै तिर्नु पर्ने छ । यसो गर्दा व्यवस्थापन कार्यमा सहज हुने वडाअध्यक्ष खरेलले बताउनु भयो । जडान गरीएको बत्ती बिग्रीएमा वडाले नै मर्मत तथा फेरबदल गर्ने छ ।

हाल टोल टोलमा पुराना जोडिएका बत्तीको मर्मत र नयाँ थप गर्ने कार्य भईरहेको छ । अहिले जडान गरीएका बत्तीहरुको खर्च प्रति एलइडी बल्ब १५ सय देखि ३ हजारसम्म रहेको वडाअध्यक्ष खरेलले जानकारी दिनु भयो ।

 

सम्बन्धित खबर