Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
नियन्त्रित औषधी बेचेको आरोपमा मुटु पोलिक्लिनिकका सञ्चालक पक्राउ
बिहिवार, मंसिर २०, २०८१
बिर्तामोड, २० मंसिर : झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ३ बिर्ताबजारबाट लागुऔषध बेचेको आरोपमा एकजना मेडीकल व्यवसायी पक्राउ परेका छन् ।
बिर्ताबजारमा सन्चालनमा रहेको मुटु पोलिक्लिनिक एण्ड हाडजोर्नी नसा सेन्टरका सञ्चालक राजेन्द्र शाह पक्राउ परेका हुन् । उनलाई डाक्टरको प्रेस्किप्सन बिना दिन नहुने ट्रामाडोल, प्रोक्सिवन, प्रेगावालिन लगायतका नशा दिने नियन्त्रित औषधी विक्रीवतरण गरेको पाईएपछि जनप्रतिनिधि तथा स्थानीयले पक्राउ गरी प्रहरीलाई बुझाएका हुन् ।
ईलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी प्रकाश विष्टले औषधीसहित एक जना पक्राउ परेको र उनको साथमा फेला परेको औषधीको विषयमा जाँचबुझ भईरहेको जानकारी दिनुभयो ।
बिभिन्न समयमा अनाधिकृतरुपमा औषधी विक्री गरेको जानकारी आएपछि पटक पटक सम्झाउँदा पनि नसुध्रिएपछि प्रहरीलाई जिम्मा लगाईएको वडा नम्बर ३ का वडासदस्य हरि बाँस्कोटाले जानकारी दिनु भयो ।
शाहले मेडिकलको पछाडी पटी सिँढीमुनी राखेर विभिन्न ग्रुपलाई विक्री गर्ने गरेको नेकपा एमाले बिर्तामोड ३ का अध्यक्ष कोशिस घिमिरेले जानकारी दिनुभयो ।