बुधवार, फागुन २७, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

शिवसताक्षीमा महिला हिंसा विरुद्धको १६ दिने अभियानको समापन

बुधवार, मंसिर २६, २०८१

शिवसताक्षी, २६ मंसिर : शिवसताक्षी नगरपालिकामा ३३ औं लैंगिक हिंसा विरुद्ध १६ दिने अभियानका सम्पूर्ण कार्यक्रमहरु सम्पन्न भएका छन् ।

शिवसताक्षी नगरपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा १६ दिने अभियानको आज वडा नं. ९ मा अभिमुखी कार्यक्रम गर्दै समापन गरिएको हो । कार्यक्रम मंसिर १० गतेबाट सुरु गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

कार्यक्रममा नगरप्रमुख मेगाहाङ्ग थोप्राले सरकारले वि.सं. २०७६ लाई लैंगिक हिंसा विरुद्ध अभियान वर्ष भनी घोषणा गरी विविध कार्यक्रमहरु गर्दै आएको बताए । उनले मानव अधिकारको विश्वव्यापी घोषणापत्र, १९४८ ले हरेक मानिसको ूस्वतन्त्रतापूर्वक जन्मन, हुर्कन र बाँच्न पाउने अधिकारको ग्यारेण्टी गरेको छ । उनले भने, लैंगिक विभेद आजको विश्वव्यापी समस्या हो र यो समस्याबाट खासगरी महिला तथा बालिकाहरु बढी पीडित हुने गरेका छन् । महिला हिंसा विरुद्ध सबै आ–आफ्नो घरबाटै लाग्न उनले सुझाब दिएका थिए ।कार्यक्रममा शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले महिला हिंसा विरुद्धको अभियानले यौन हिंसा र उत्पीडनको विरुद्ध महिलाहरूलाई आवाज उठाउन प्रेरित गरेको बताइन्। यस अभियानले लाखौँ महिलाहरूको अनुभवलाई साझा गर्‍यो र सँगै लिङ्गीय समानताको लागि लड्न प्रोत्साहित गरेको उनको भनाई छ। शिवसताक्षी नगरपालिका भित्रका महिलाहरु आफै जागरुप भएर कही कतै हिंसा भएको थाहा पाए र वा आफुलाई परे पनि सबै एक जुट भएर लड्न उपप्रमुख कार्कीले सुझाएकी थिइन् ।

महिला हिंसा विरुद्धको अभियानले समाजमा महिलाका अधिकार र सुरक्षाका लागि एउटा व्यापक र दीर्घकालीन परिवर्तन ल्याउनको लागि काम गर्ने शिवसताक्षी नगरपालिकाकी प्रशासकीय अधिकृत सुनिता तुम्बाहाङले बताइनु। यो अभियान मात्र महिलाहरूको प्रति सहानुभूति मात्र होइन, यसले मानवता र समानताको लागि एक गम्भीर संघर्षको रूपमा अघि बढ्नु आवश्यक भएको उनको भनाई छ ।

कार्यक्रममा अधिबक्ता हेम कला कट्टेल महिला हिंसा विरुद्ध अभियान र उद्देश्य, महिलाहरुले खेल्नु पर्ने भुमिकाको विषयमा अभिमुखीकरण गरेकी थिइन् । नगरपालिकाले ११ वटै वडामा अभियान चलाएको जनाएको छ।महिला हिंसा विरुद्धको अभियानको समापन कार्यक्रम वडा नं. ९ का वडाध्यक्ष डिल्लाल फेम्बुको अध्यक्षता भएको थियो । शिवसताक्षी नगरपालिका महिला तथा बालबालिका शाखाकी प्रमुख देविना पराजुलीले स्वागत गरेको कार्यक्रमको सञ्चालन नगर स्तरीय महिला समिति उपाध्यक्ष कोपिला चम्लागाईले गरेकी थिइन् ।

सम्बन्धित खबर