Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
बिर्तामोडको ३ को शुभलक्ष्मी टोलमा प्लम निर्माण गरीँदै
बुधवार, मंसिर २६, २०८१
बिर्तामोड, २६ मंसिर : बिर्तामोड नगरपालिका वडा नम्बर ३ का विभिन्न टोलमा सडक निर्माण तथा स्तरोन्नतिका काम धमाधम भईरहेका छन् ।
संघ, प्रदेश, नगरपालिका र वडाको आफ्नै बजेटमा प्लम निर्माण, कालोपत्रे, पेवर्स लगाउने, कल्भर्ट निर्माण लगायतका कामहरु धमाधम भईरहेका हुन् ।
अहिले शुभलक्ष्मी टोल नम्बर ४ को २४६ मिटर सडकमा प्लम निर्माण कार्य भईरहेको वडा नम्बर ३ का वडा सदस्य हरि बाँस्कोटाले जानकारी दिनु भयो । उहाँले प्लम निर्माणको काम उपभोक्ता समिति मार्फत भईरहेको बताउनु भयो ।
निर्मल उप्रेतीको अध्यक्षतामा उपभोक्ता समिति निर्माण भएको छ । उपभोक्ता समितिको ९७ हजार र वडाको ४ लाख रुपैयाँ गरी कुल ४ लाख ९७ हजार रुपैयाँ बजेटमा काम भईरहेको वडासदस्य बाँस्कोटाले जानकारी दिनुभयो ।
आगामी एक महिना भित्रमा काम सम्पन्न गर्ने गरी निर्माण कम्पनी झापाली विल्डर्ससंग सम्झौता भएको छ । सम्झौता अनुसार धमाधम काम अघि बढेको निर्माण कम्पनीका डिकबहादुर कुँवरले जानकारी दिनुभयो ।