मङ्गलवार, फागुन २६, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

विराट-अर्जुनको १५ औं वार्षिक साधारणसभा सम्पन्न

शनिवार, मंसिर २९, २०८१

बिर्तामोड, २९ मंसिर : विराट-अर्जुन उपभोक्ता सहकारी संस्था बिर्तामोडको १५ औं वार्षिक साधारण सभा शनिबार सम्पन भएको छ ।

सभामा संस्थाका अध्यक्ष नवीन खरेलले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थामा कुल १ करोड १२ लाख ६ हजार ९ सय शेयर पुँजी रहेको जानकारी गराए । उनले संस्थामा २ करोड ४९ लाख ८९ हजार ३२५ रुपैयाँ निक्षेप र २ करोड ७७ लाख २५ हजार ७५३ रूपैयाँ कर्जा लगानीमा रहेको बताए । संस्थामा हाल १ हजार ५८४ सदस्य रहेका छन् ।

साधारणसभा झापा जिल्ला सहकारी संघका सहसचिव कृष्ण मिश्रको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । उनले राज्यले वित्तीय साक्षरतामा जोड दिनु पर्ने बताउँदै सहकारीको सुरक्षा र संरक्षणमा राज्य अनुदार भएको आरोप लगाए । उनले अन्य सहकारीको समस्या देखेर आफ्नो सहकारीको अवस्था नबुझी सदस्यहरुले अत्यधिक बचत फिर्ता माग गर्दा राम्रै सहकारी पनि अप्ठ्यारो पर्ने गरेको बताएका छन् ।

कार्यक्रमका बीच संस्थाले स्व.नरमाया स्मृति शिक्षा कोषबाट अनुष्का चौधरी र राजु हस्दा पुरस्कृत भएका छन् । सामुदायिक विद्यालयमा अध्ययनरत शेयर सदस्यका छोराछोरीमध्ये जेहेन्दार छात्रछात्रालाई शैक्षिक प्रोत्साहनका लागि कोषमार्फत् सहयोग गरिँदै आएको संरक्षक नवीन खरेल र उषा खरेलको भनाइ छ ।

साधारणसभामा विराट बहुउद्देश्यीय सहकारी संस्थाका कार्यकारी प्रमुख रुद्र सिटौला, कर्णाली बचत तथा ऋण सहकारी संस्थाकी सञ्चालक सदस्य भावना घिमिरे र विराट-अर्जुन उपभोक्ता सहकारीकी सल्लाहकार सदस्य कल्पना बुढाथोकीले शुभकामना मन्तव्य राखेका थिए । उद्घाटन सत्र कार्यक्रमको सञ्चालन संस्थाका सचिव डिल्लीराम प्रसाईंले गरेका थिए ।

साधारणसभासँगै नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई शपथ ग्रहण पनि गराइएको छ । निर्वाचन अधिकृत डिल्ली दाहालले निर्वाचितहरुलाई सपथ ग्रहण गराएका छन् । नयाँ सञ्चालक समितिमा अध्यक्ष नवीन खरेल, उपाध्यक्ष दिपेश प्रसाईं, सचिव लक्ष्मीप्रसाद खरेल, सहसचिव ईश्वरी प्रसाद काफ्ले, कोषाध्यक्ष कृष्णप्रसाद कुइँकेल, सदस्यहरुमा एकराज प्रधान, रुद्र प्रसाद नेपाल, खेमबहादुर बस्नेत, शारदा सिटौला, टंकप्रसाद गौतम, राजेश दाहाल रहेका छन् । त्यस्तै, लेखा सुपरीवेक्षण समिति संयोजकमा मालिकलाल राजवंशी, सदस्यहरुमा देवेन्द्र मैनाली र खगेन्द्रप्रसाद चापागाईं रहेका छन् ।

सम्बन्धित खबर