बिहिवार, असोज ३, २०८१
NayaPaper | अनलाइन पत्रिका

पुस २७ गते सार्वजनिक बिदा दिने प्रस्ताव, औपचारिक निर्णय हुन बाँकी

शनिवार, पौष २३, २०७९

काठमाण्डाै । सत्तारुढ दलहरुले पृथ्वी जयन्तीका दिन पुस २७ गते सार्वजनिक बिदा दिने प्रस्ताव गरेका छन् । सत्ता साझेदार दलहरुको कार्यदलले तयार पारेको सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदामा पृथ्वीनारायण शाहको जन्मदिन पुस २७ गते सार्वजनिक बिदा दिने उल्लेख छ ।

‘नेपालको भौगोलिक एकीकरणको ऐतिहासिकतालाई स्मरण र सम्मान गर्दै पृथ्वी जयन्तीका दिन पुस २७ गते सार्वजनिक बिदा दिने’ कार्यदलले तयार पारेको मस्यौदामा लेखिएको छ । कार्यदलले तयार पारेको मस्यौदालाई शीर्ष नेताहरुले अनुमोदन गरेपछि यसबारे औपचारिक निर्णय हुनेछ ।

सरकारमा सहभागी हुन राप्रपाले पुस २७ गते पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिनुपर्ने सर्त राख्दै आएको थियो । 

सम्बन्धित खबर