बुधवार, फागुन २७, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

प्रथम झापा कप : गोर्खा ब्वाइजलाई हराउँदै चर्च ब्वाइज युनाइटेड सेमिफाइनलमा प्रवेश

बुधवार, पौष ३, २०८१

बिर्तामोड, ३ पुस : डोमालाल रंगशालामा गत वर्ष भएको झापा गोल्डकप विजेता चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३–० गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।
चर्च ब्वाइजका लागि दिपेश गुरुङ, विदेशी खेलाडी आर्मन्ड र डिकाले गोल गरे । खेलको २९ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लियो ।
गोर्खा ब्वाइजका डिफेन्डरले क्लियर गरेको गोललाई दिपेश गुरुङले गोल गर्न सफल भए । गोलरक्षक अगाडि बढेको समयमा २५ यार्डबाट गुरुङले गरेको प्रहार गोलमा परिणत भएको थियो ।
४० औँ मिनेटमा चर्च ब्वाइजले अग्रता दोब्बर बनायो । समिर तामाङको कर्नर प्रहारलाई चर्चका विदेशी खेलाडी आर्मन्डले हेडमार्फत गोल गर्दै अग्रता दोब्बर बनाए । पहिलो हाफको थपिएको समयमा चर्चले गोल थपे । कमल श्रेष्ठको फ्रिकिक प्रहारमा अर्का विदेशी खेलाडी डिकाले गोल गर्दै टिमको जित सुनिश्चित गरे ।
खेलको अधिकांश समय बल नियन्त्रण गर्न सफल चर्चले गोल गर्ने थप असवर सदुपयोग गर्न सकेन । ३२ औँ मिनेटमा चर्चका समिर तामाङले गरेको हेडर बार नजिकैबाट बाहिरियो । ४७ औँ मिनेटमा विदेशी खेलाडी अबयोमीले वान भर्सेस वानको अवस्थामा गोल गर्न सकेनन् । खेलको अतिरिक्त समयमा सनम भुजेलले गरेको कडा प्रहार गोल बारमा लागेर फर्कियो ।
गोर्खा ब्वाइजले ६५ औँ मिनेटमा पाएको अवसर गुमायो । सुजित बुढाथोकीले प्रहार गरेको लङ रेन्जर सट बाहिरियो । ८२ औँ मिनेटमा विदेशी खेलाडी रिचार्डले गरेको प्रहार फ्रेममा पर्न सकेन ।
तीनजना विदेशी खेलाडी लिएर मैदानमा उत्रिएको गोर्खा ब्वाइजले अपेक्षित प्रदर्शन गर्न सकेन । गोर्खा ब्वाइजका अधिकांश खेलाडीले खेल अवधिभर बल कन्ट्रोल गर्न सकेनन् । गोर्खा ब्वाइजको स्ट्राइकिङ लाइन फितलो देखिएको थियो । खेलाडीबीच तालमेल नमिल्दा गोर्खा ब्वाइज पहिलो खेलमै पराजित भएर घर फर्किएको छ ।
खेलको प्लेयर अफ द म्याच विजेता चर्च ब्वाइजका डिका भए । उनले नगद १० हजार रुपैयाँ पुरस्कार पाए ।
बिहीबारको खेल एनआरटी क्लब काठमाडौँ र काठमााडौँको जिल्ला लिग विजेता चित्लाङ फुटबल क्लबबीच हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले नगद १० लाख तथा उपविजेताले नगद ५ लाख पुरस्कार पाउने आयोजक झापा ११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङले जानकारी दिए । प्रतियोगिताको फाइनल खेल पुस ८ गते हुनेछ ।

प्रत्येक खेलको प्लेयर अफ द म्याचले १० हजार नगद पाउनेछन् । प्रतियोगिताको उच्च गोलकर्ता एकजना तथा उत्कृष्ट गोलकिप्पर एकजनालाई ३५ हजार नगद पुरस्कार प्रदान गरिनेछ ।त्यस्तै, प्रतियोगिताको एक उदीयमान खेलाडीलाई झापा ट्यालेन्ट घोषणा गरेर नगद ३५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

प्रतियोगिताको सर्वोत्कृष्ट एकजना खेलाडीलाई मस्ट भ्यालुएवल खेलाडी घोषित गरेर नगद १ लाख रुपैयाँ प्रदान गरिने अध्यक्ष गुरुङले जानकारी दिए ।

प्रतियोगितालाई रोमाञ्चक बनाउँदै प्रोत्सहान गर्न बिर्तामोडको महेन्द्ररत्न स्टोर्सले प्रत्येक दिन एकजना भाग्यशाली दर्शकलाई हिमस्टार टिभी प्रदान गर्दै आएको छ ।

सम्बन्धित खबर