Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
बिर्तामोड ८को हर्चनादेखि हल्दिबारी जोड्ने सडक कालोपत्रे
सोमवार, पौष ८, २०८१
बिर्तामोड, ८ पुस : बिर्तामोड नगरपालिका वडा नम्बर ८ मा ३ सय २ मिटर सडक कालोपत्रे गरीएको छ ।
हर्चनाबाट किरण तिम्सिनाको घर हुँदै हल्दिबारी जोड्ने साढे ५ मिटर चौडाई उक्त सडकमा आज कालोपत्रे गरीएको हो ।
बिर्तामोड नगरपालिकाको ३१ लाख २५ हजार ९४१ रुपैयाँको बजेटमा सडक कालोपत्रे गरीएको नगरपालिकाका ईन्जिनियर नरेन्द्र श्रेष्ठले जानकारी दिनु भयो । जिएनएस कन्स्ट्रक्सन हल्दिबारीले ठेक्का लिएर योजना सम्पन्न गरेको हो । जिएनएससंग गत २०८० जेठ २ गते नै सम्झौता भएको थियो ।
नगरपालिकाले यसपछि गोकुल जोशी मार्ग, वडा नम्बर १० स्थित मोहन चोक देखि शिवालय जाने सडक , तारानाथ चोक देखि पथरभिटा जाने सडक, शहिद नेत्र मार्ग, प्रगतिनगर शंकरबाडी सडक लगायत अन्य विभिन्न सडकमा कालोपत्रे गर्ने छ । यसका लागि ठेक्का प्रक्रिया अघि बढाएको ईन्जिनियर श्रेष्ठले जानकारी दिनु भयो ।
बिर्तामोड नगरपालिकाले भत्किएका विभिन्न स्थानका कालो पत्रे सडकहरुमा मर्मत कार्यसमेत अघि बढाएको छ ।