बिर्तामोड, ९ पुस : हाम्रो ढुवानी सेवाका सञ्चालक तथा युवा व्यवसायी पदम श्रेष्ठले आफ्नो जन्म दिनको अवसर पारेर बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘व्यवसायी राहत कोष’लाई सहयोग गर्नु भएको छ ।
संघको कार्यालयमा आज आयोजित संक्षिप्त कार्यक्रमकाबीच श्रेष्ठले २१ हजार एक सय २१ रुपैयाँ सहयोग हस्तान्तरण गर्नु भयो । उहाँले संघका अध्यक्ष राजु न्यौपानेलाई उक्त रकम प्रदान गर्नु भएको हो ।
रकम हस्तान्तरण कार्यक्रममा बोल्दै मेची ट्रान्सपोर्ट एशोसिएसन झापाका सचिबसमेत रहनु भएका श्रेष्ठले उद्योग वाणिज्य संघले स्थापना गरेको राहतकोष अत्यन्त राम्रो रहेको र यसको रकम अझै बढाएर लैजानु पर्ने सुझाब दिनु भयो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख गणेश पौडेलको विशेष आतिथ्यमा आयोजित कार्यक्रममा वाणिज्य संघले श्रेष्ठलाई कदरपत्र समेत प्रदान गरेको थियो ।संघले स्थापना गरेको राहत कोषमा रकम वृद्धिका लागि सहयोग पुर्याएको भन्दै करद पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा मेची ट्रान्सपोर्ट एशोसिएसन झापाका कोषाध्यक्ष तथा पूर्बेली ढुवानी सेवा प्रा.लिका सञ्चालक निर्मलराज खत्री, मेची ट्रान्सपोर्ट एशोसिएसन जिल्ला सदस्य तथा कोहिनुर ढुवानी सेवा प्रा.लिका सञ्चालक हेमराज अधिकारी, पूर्वाञ्चल वेकरीका सञ्चालक प्रल्हाद अधिकारी , ढुवानी व्यवसायी नवीन भण्डारी, मोवाइल व्यवसायी महासंघका महासचिव सञ्जय शाह लगायतले उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन संघका महासचिव कुशल खतिववडाले गर्नु भएको थियो ।