बिहिवार, असोज ३, २०८१
NayaPaper | अनलाइन पत्रिका

१३ औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा महेन्द्ररत्न मावि १२ स्वर्ण सहित प्रथम

शनिवार, माघ २८, २०७९

२८ माघ, बिर्तामोड ।  १३ औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा महेन्द्ररत्न माध्यमिक विद्यालय बिर्ताबजार १२ वटा स्वर्ण सहित प्रथम भएको छ ।
बिर्तामोड नगरपालिकाको आयोजनामा शुक्रवार देखि सुरु भएको यस प्रतियोगितामा महेन्द्रज्योति माध्यमिक विद्यालय ६ स्वर्ण ८ कास्य पदक सहित दोश्रो र दर्गा माध्यमिक विद्यालय ६ स्वर्ण ३ कास्य पदक सहित तेश्रो भएको छ ।
विजेताहरुलाई शनिबार महेन्द्ररत्न माध्यमिक विद्यालयमा पुरस्कार वितरण गरिएको छ । उनीहरुलाई नगर प्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, शिक्षा शाखा प्रमुख तिलचन भण्डारी लगायतले शिल्ड, ट्रफी तथा प्रमाण पत्र प्रदान गर्नु भयो ।

विधागत खेलहरुमा भलिवल छात्र तर्फ निधि मावि प्रथम, बाल्मिकी एजुकेशज फाउण्डेसन द्वितिय र दुर्गा मावि तृतीय भएका छन् । यस्तै छात्रा तर्फ निधि मावि प्रथम, गोमेन्द्र मावि द्वितिय र बाल्मिकि एजुकेशज फाउण्डेसन तृतीय भएको छ ।
यस्तै एथ्लेटिक्स तर्फ महेन्द्ररत्न मावि प्रथम, महेन्द्र ज्योति मावि द्वितिय र दुर्गा मावि तृतीय भएका छन् ।यस्तै कवडी खेलमा छात्र तर्फ मोहनमाया मावि प्रथम, निदी मावि तृतीय भएका छन् भने छात्रा तर्फ दुर्गा मावि प्रथम, एजुकेशज फाउण्डेसन द्वितिय र मोहनमाया तृतीय भएका छन् । कराते तर्फका खेलहरुमा बाल्मिकी एजुकेशज फाउण्डेसन प्रथम, महेन्द्ररत्न मावि द्वितिय र महेन्द्र ज्योति मावि तृतीय भएका छन् ।

नगरपालिकाले भलिवल, एथ्लेटिक्स,करातेमा विद्यालय स्तरीय प्रतियोगिता गराएको हो । यस प्रतियोगिताबाट छनोटमा परेका खेलाडीहरु जिल्ला स्तिरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा सहभागि हुन पाउने छन् ।

पुरस्कार वितरण समारोहमा शिक्षक महासंघका नगरअध्यक्ष युवराज कट्टेल, नेपाल शिक्षक संघका झापा अध्यक्ष नेत्रप्रसाद खरेलको पनि उपस्थिति रहेको थियो ।

 

सम्बन्धित खबर