Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
बिर्तामोडमा आयोजित १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा महेन्द्र रत्न मावि प्रथम
शुक्रवार, पौष १२, २०८१
बिर्तामोड, १२ पुस : बिर्तामोडमा आयोजित स्थानीय तह स्तरीय अन्तर विद्यालय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा
महेन्द्र रत्न मावि बिर्तामोड ३ प्रथम भएको छ ।
'स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद' भन्ने मुख्य नाराको साथ पुस ९ गतेदेखि आयोजित प्रतियोगितामा महेन्द्र रत्न मावि प्रथम भएको हो । यस्तै निधि मावि बिर्तामोड २ द्वितीय र महेन्द्रज्योती मावि बिर्तामोड १० तृतीय भएका छन् ।
प्रतियोगितामा प्रथम महेन्द्र रत्नले ११ स्वर्ण, ९ रजत र ३ काश्य प्राप्त गरेको छ । यस्तै द्वितीय निधि माविले १० स्वर्ण, ४ रजत र ३ काश्य प्राप्त गरेको छ । यस्तै तृतीय भएको महेन्द्र ज्योतिले १० स्वर्ण र ३ रजत प्राप्त गरेको छ । प्रथम,द्वितीय र तृतीयले क्रमश २० हजार, १५ हजार र १० हजार रुपैयाँ नगद र शिल्ड, प्रमाण पत्र प्राप्त गरेका छन् ।
छात्र तर्फको भलिबल खेलमा निदी स्कुल प्रथम, देवि मावि दोस्रो र न्युटन तेस्रो भएका छन् ।
विजयी विद्यालय र विद्यार्थीहरुलाई नगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रमका विच नगर प्रमुख पवित्रा महतारा प्रसाई, उप प्रमुख नगेन्द्र प्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराई, वडा नम्बर ३ का वडाअध्यक्ष मदन बुढाथोकी र शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले शिल्ड, मेडल तथा प्रमाण पत्र प्रदान गर्नु भयो ।