Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
बिर्तामोडका १० वटै वडामा गाई, भैंसीलाई खोरेत विरुद्दको भ्याक्सिन लगाईँदै
सोमवार, पौष १५, २०८१
बिर्तामोड, १५ पुस : बिर्तामोड नगरपालिकाले गाई, भैंसीमा लाग्ने सरुवा रोग खोरेत विरुद्दको भ्याक्सिन लगाउने कार्यलाई तिब्रता दिएको छ ।
यस रोगबाट कृषकलाइ कुनैपनि प्रकारको क्षति नहोस् भन्ने उदेश्यले नगरपालिकाले सबै वडामा पुगेर निशुल्क रुपमा भ्याक्सिन लगाउने कार्य गरिरहेको पशुपंछि तथा मत्स्य विकास शाखा प्रमुख डाक्टर नगेन्द्र खड्काले जानकारी दिनु भयो ।
वडा नम्बर ६ र ७ मा सम्पन्न गरेर अहिले वडा नम्बर ९मा सञ्चालन भईरहेको जनाईएको छ । शाखा प्रमुख डा. खड्काका अनुसार वडा नम्बर ६ मा ८५०, वडा नम्बर ७ मा २ हजार १२० र वडा नम्बर ९ मा आईतबार सम्ममा १ हजार ६० भ्याक्सिन लगाइएको छ ।
वडा नम्बर ९ मा आज सम्पन्न गरेर वडा नम्बर ८ मा भ्याक्सिनेसन सुरु गरीने छ । यस आर्थिक वर्षमा १३ हजार गाई,भैंसीलाई भ्याक्सिन लगाउने नगरपालिकाको योजना छ । चार जना प्राविधिक उक्त कार्यमा खटिएका छन् ।
नगरपालिकाले कृषकहरुलाई खोरेत, पिपिआर (बाख्रामा लाग्ने सिगाने रोग) स्वाईन फिभर, रानीखेत (कुखुरामा लाग्ने रोग) निशुल्क उपलव्ध गराउँदै आएको छ ।