मङ्गलवार, फागुन २६, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

बिर्तामोडमा सार्वजनिक शौचालय निर्माणको लागि १ करोड बजेट, जग्गा उपलव्ध नहुँदा समस्या

बुधवार, पौष १७, २०८१

बिर्तामोड, १७ पुस : बिर्तामोड नगरपालिकाले सार्वजनिक शौचालय निर्माणको लागि जग्गा उपलव्ध गराउन सार्वजनिक सूचना जारी गरेको छ ।

पूर्व बुट्टाबारी चौकदेखि पश्चिममा चारपाने चौकसम्म राजमार्गको १ सय मिटर दुरी भित्र सुविधायुक्त सार्वजनिक शौचालय निर्माणको लागि कम्तिमा ५ धुर जग्गा आवश्यक रहेकोले कार्यपालिका बैठकको निर्णयानुसार सूचना सार्वजनिक गरेको नगरका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले जानकारी दिनुभयो ।

नगरपालिकाले जारी गरेको सूचनामा निःशुल्क जग्गा उपलब्ध गराउन इच्छुक दाताले कित्ता नम्बर तथा क्षेत्रफल खुलाएर १५ दिन भित्र नगर कार्यपालिकाको कार्यालयमा निवेदन पेश गर्न आग्रह गरेको छ ।

नगर प्रमुख पवित्रा महतारा प्रसाईले आवश्यक जग्गाको अभावमा सार्वजनिक शौचालय निर्माणमा कठिनाई भएको बताउनु भयो । उहाँले सुविधा सम्पन्न शौचालय निर्माणको लागि संघिय सरकारबाट एक करोड रुपैयाँ बजेट उपलव्ध भएपनि जग्गा नहुँदा फ्रिज हुनसक्ने सम्भावना रहेको गुनासो गर्नु भयो । नगर प्रमुख प्रसाईले धनीपुर्जा भएका जग्गा बाहेक सार्वजनिक र ओइलेनी जग्गामा उक्त संरचना निर्माण गर्न नमिल्ने कानूनी जटिलता रहेको पनि बताउनु भयो ।

नगरपालिकाले गत साउन १५ गते सार्वजनिक शौचालय निर्माणका लागि जग्गा पहिचान गर्न वडा नम्बर १ का वडाअध्यक्ष तथा नगरका प्रवक्ता अग्निप्रसाद पाण्डेको संयोजकत्वमा समिति गठन गरेको थियो । समितिमा वडा नम्बर ५ का वडाअध्यक्ष रोहित प्रसाई, वडा नम्बर ४ का वडाअध्यक्ष राहुल शर्मा र अमिन सन्देश दाहाल रहनु भएको थियो ।

जग्गा पहिचान तथा प्राप्ति गर्न नसकेको भन्दै पुस १२ गते बसेको कार्यपालिकाको बैठकमा समितिले प्रतिवेदन पेश गरेको छ । समितिका संयोजक तथा वडा नम्बर १का वडाअध्यक्ष अग्निप्रसाद पाण्डेले कार्यपालिकालाई जग्गा प्राप्तिका लागि आवश्यक प्रक्रिया अघि बढाउन सुझाब पेश गरेको बताउनु भयो ।

सम्बन्धित खबर