Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
दाउरा खोज्न गएकी राजवंशीको हात्तीको आक्रमणबाट मृत्यु
बुधवार, पौष १७, २०८१
झापा, १७ पुस : दाउरा खोज्न कचनकवल गाउँपलिका ७ तारावनास्थित दिपज्योति सामुदायिक वन गएकी एक महिलाको हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।
आज मध्यान्ह कचनकवल गाउँपलिका ७ तारावनास्थित दिपज्योति सामुदायिक वनमा स्थानीय १५–२० जना महिला दाउरा र घाँस काट्न गएकोमा सोही ठाउँ बस्ने बर्ष ३५ की केलाबत्ती राजवंशीलाई एउटा जंगली हात्तीले लखेटेको थियो । उनी हराएको भनी स्थानीयले इलाका प्रहरी कार्यालय बनियानीमा जानकारी गराउनासाथ प्रहरी टोली खटिएर खोजतलास गर्ने क्रममा वनक्षेत्र नजिकै जंगली हात्तीले आक्रमण गरी घाइते अवस्थामा राजवंशी फेला परेकी थिइन् ।
उनलाई साँझ ४ः४० बजे फेला पारी उपचारको लागि ओमसाई पाथीभरा अस्पताल भद्रपुर ल्याई थप उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर लगेकोमा साँझ ५ः१० बजे अस्पताल पुर्याउनसाथ डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।