Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
अष्ट्रेलिया उड्ने तयारीमा रहेका राजभण्डारीको स्कुटर दुर्घटनामा निधन
बिहिवार, पौष १८, २०८१
झापा १८ पुस : भद्रपुर नगरपालिकाकी पूर्व उपप्रमुख चन्द्रमाया श्रेष्ठको २९ वर्षीय छोरा निश्चल राजभण्डारीको बिहीबार साँझ निधन भएको छ ।
भद्रपुर- ८ निवासी निश्चल र उनकी श्रीमती पूजा राजभण्डारी तीनदिन अघि भक्तपुरको सानोठिमीमा स्कुटर दुर्घटनामा परी गम्भीर घाइते भएका थिए । घाइतेमध्ये निश्चलको नर्भिक हस्पिटलमा सघन उपचारकक्षमा उपचारको क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । कानून व्यवसायीसमेत रहनु भएकी चन्द्रमायाको निश्चल एक्लो सन्तान थिए ।
पूजाको उपचार भइरहेको छ । निश्चल र पूजा अध्ययनका लागि अस्ट्रेलियामा बसेर केही दिन अघि मात्रै भद्रपुर घर आएका थिए । दुवै जना आज रातिअस्ट्रेलिया उड्ने टिकट थियो । अस्ट्रेलिया जानु अघि उनीहरू बजारबाट सामान किनेर भक्तपुरको निजी निवासमा फर्कने क्रममा कुकुरले सडकमा अवरोध पुर्याएपछि स्कुटर अनियन्त्रित भई दुर्घटनामा परेको थियो । निश्चलका बुबा दुर्गा राजभण्डारी मेची अस्पताल भद्रपुरका पूर्व कर्मचारी हुन् ।