सोमवार, जेठ ७, २०८१
NayaPaper | अनलाइन पत्रिका

भूकम्प प्रभावित टर्की र सिरियामा ८ करोड ५० लाख डलर सहयोग गर्ने अमेरिकाको घोषणा

शनिवार, माघ २८, २०७९

२८ माघ ।अमेरिकाले भूकम्प प्रभावित टर्की र सिरियामा ८ करोड ५० लाख डलर सहयोग गर्ने घोषणा गरेको छ।

अमेरिकी सरकारको मानवीय सहायता संस्था यूएसएआईडीले भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि यो रकम सहयोग गर्ने घोषणा गरेको बीबीसीले जनाएको छ । यो रकम चिसोबाट जोगाउन तथा खाना, पानी र स्वास्थ्यका लागि खर्च गर्नु पर्नेछ ।

भूकम्प प्रभावित क्षेत्रमा तत्काल खाना र पानीसँगै चिसोबाट जोगाउने उपायको आवश्यकता छ । चिसो र खानेकुराको अभावमा थप मानवीय क्षति हुन सक्ने चेतावनी दिइएको छ । भूकम्प प्रभावित क्षेत्रमा विश्वभरबाट राहत तथा सहयोग पुग्ने क्रम चलिरहेको छ।

टर्की र सिरियामा भूकम्पमा परेर ज्यान गुमाउनेको सङ्ख्या २४ हजार नजिक पुगेको छ । धेरै मानिसहरु अझै  पनि भग्नावशेषमा पुरिएको आशङ्कामा खोजी तथा उद्धारको काम भइरहेको छ । चिसो र वर्षाका बाबजुत पनि उद्धारकर्मीले खोजी अभियानलाई निरन्तरता दिइरहेका छन् । उद्धारकर्मीले भग्नावशेषबाट केहीलाई जीवितै उद्धार गरेका छन्। 

सम्बन्धित खबर