Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
प्रेस चौतारी झापाको जिल्ला अधिवेशन माघ २२ गते दोमुखामा गर्ने निर्णय
शनिवार, पौष २०, २०८१
बिर्तामोड,२० पुस : प्रेस चौतारी नेपाल झापा जिल्ला कमिटीको १० औ जिल्ला अधिवेशन आगामी माघ २२ गते गर्ने निर्णय भएको छ ।
आज बिर्तामोडस्थित चौतारीको कार्यालयमा सम्पन्न बैठकले अधिवेशनको मिति तय गरेको हो ।
शिवसताक्षी नगरपालिका वडा नं. १० को पर्यटकीय क्षेत्र दोमुखामा जिल्ला अधिवेशन गर्ने निर्णय भएको जिल्ला अध्यक्ष मनकुमार गदालले जानकारी दिनुभयो।
बैठकले अधिवेशन सम्पन्न गर्नका लागि विभिन्न समिति बनाएको छ । अधिवेशनका लागि सदस्यता नविकरण, नयाँ सदस्यता प्रदान गर्ने निर्णय गरिएको अध्यक्ष गदालले बताउनु भयो ।
सदस्यता नविकरण र नयाँ सदस्यता प्रदान गर्न संगठनका सचिव प्रकाश पौडेलको संयोजकत्वमा ५ सदस्यीय उपसमिति बनाइएको छ । सदस्यता नविकरणका लागि पुस मसान्तको समय अवधि तोकिएको छ ।
यस्तै, जिल्ला अध्यक्ष गदालको संयोजकत्वमा ९ सदस्यीय आर्थिक समिति, पत्रकारिता पुरस्कार कोष र पत्रकार उपचार सहयोग कोषको कार्यविधि संशोधन गर्न संगठनका केन्द्रीय सदस्य झापा जिल्ला इञ्चार्ज सन्तोष आचार्यको संयोजकत्वमा उपसमिति गठन गरिएको जिल्ला उपाध्यक्ष प्रदीप परियारले जानकारी दिनुभयो ।