मङ्गलवार, पौष २३, २०८१
Nayapaper | अनलाइन पत्रिका

अपाङ्गता भएका व्यक्तिहरुको लागि बिर्तामोडमा आयोजित शिविरमा २ सय १६ वटा नयाँ कार्ड वितरण

शनिवार, पौष २०, २०८१

बिर्तामोड, २० पुस : अपाङ्गता भएका व्यक्तिहरुको लागि
बिर्तामोड नगरपालिकामा आयोजित स्वास्थ्य शिविरमा २ सय १६ जनालाई नयाँ कार्ड वितरण गरीएको छ ।

गत पुस ५ देखि १४ गतेसम्म नगरका सबै वडामा आयोजित शिविरमा रातो, निलो, पहेँलो र सेतो गरी चार प्रकारका कार्ड वितरण गरीएको हो । रातो २५ जना, निलो ९२ जना, पहेँलो ६७ जना र सेतो २८ जनालाई कार्ड वितरण गरीएको हो । थप ४ जना प्रक्रियामा रहेको नगरपालिकाले जनाएको छ ।

अपाङ्गता परिचयपत्र गम्भीरताका आधारमा ४ भागमा वर्गीकृत हुने गरेको छ । क वर्गमा पर्ने अपाङ्गता भएका व्यक्तिका लागि रातो, ख वर्गमा पर्नेको लागि निलो, ग वर्गमा पर्नेको लागि पहेँलो र घ वर्गमा पर्नेको लागि सेतो रंगमा कार्ड वितरण हुने गर्दछ ।

करुणा फाउण्डेसनसंगको सहकार्यमा बिर्तामोड नगरपालिकाले आयोजना गरेको अपाङ्ग‌ता रोकथाम तथा पुन: स्थापना कार्यक्रम अन्तर्गतको यस शिविरमा दशैवटा वडामा गरी ७ सय ७२ जनाले सेवा लिएका छन् ।

शिविरमा अपाङ्‌ग‌ता भएका व्यक्तिहरुको पहिचान तथा स्वास्थ्य परिक्षण गरीएको थियो । उनीहरुको स्वास्थ्य उपचार मात्र नभई शारीरीक जटिलता र आवश्यकताको विषयमा समेत लगत संकलन गरीएको करुणा फाउण्डेसनले जनाएको छ ।

सम्बन्धित खबर