शनिवार, फागुन ३०, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

पाँच मुहान थपेर खानेपानी वितरण सहज बनाइयो

आइतवार, पौष २१, २०८१

पाँचथर, २१ पुस : मुख्य मुहान क्षेत्रमा बाढीपहिरोले क्षति पुर्याइ खानेपानी अवरुद्ध बनेपछि फिदिम खानेपानी योजनाले पाँच मुहान थपेर खानेपानी वितरण गरेको छ । पाँच मुहानको पानी थपेपछि अब फिदिमका उपभोक्ताले सहजै खानेपानी पाउन थालेका छन् ।

उपभोक्ता समितिले महभिरबाट दुई मुहानको पानी केही समयअघिदेखि वितरण गर्न थालेको हो । साढे पाँच किलोमिटर दूरीबाट रु एक करोड १६ लाखको लागतमा दुई नयाँ मुहानबाट पानी ल्याइएको हो । यस्तै नाम्दु खोलाका दुई नयाँ मुहानबाट साढे सात किमी पाइप लाइन विस्तार गरी खानेपानी ल्याइएको छ । यसैगरी सिस्ने खोलाको मुहानबाट साढे ६ किमी पाइप लाइनमार्फत नयाँ मुहान थप गरिएको छ ।

नयाँ मुहानबाट खानेपानी ल्याउन सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन योजना कार्यालय इलाम र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय पाँचथरले बजेट तथा पाइप उपलब्ध गराएको समितिका अध्यक्ष प्रकाश गुरुङले जानकारी दिनुभयो । सरकारी कार्यालयका अतिरिक्त सिङ्गापुरमा रहेका यहाँका नागरिकबाट प्राप्त सहयोग, समितिले देउसीभैलोबाट सङ्कलन गरेको रकम, देशविदेशबाट अन्य सहयोगीले पठाएको रकम तथा श्रमदानबाट संरचना निर्माण गरी नयाँ मुहान थप गरिएको हो । रु छ करोड ५१ लाख लागतमा नयाँ मुहान थप गरी सदरमुकाम क्षेत्रका तीन हजार घरधुरीमा खानेपानी वितरण गरिएको अध्यक्ष गुरुङको भनाइ छ ।

पहिरोले फिदिम खानेपानीका मुख्य मुहान तिप्तावा र आप्तावा खोला क्षेत्रका संरचना तथा पाइप लाइनमा क्षति पु¥याएको थियो । गत असोज १२ गते आएको बाढीपहिरोले तिप्तावा खोला मुहानमा छ सय ५० मिटर पाइप लाइन, कलेक्सन चेम्बरलगायत संरचनामा क्षति भएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । यस्तै, अर्को मुख्य मुहान आप्तावा खोलामा पाँच सय मिटर पाइप लाइन तथा एक सय मिटर लामो ट्रस्ट पुल बगाएपछि यहाँबाट आउने पानी असोजयता अवरुद्ध छ ।

पहिरोले यी मुहानबाट ल्याइएको पाइप लाइन तामाङडाँडा, शेर्माभिर र महभिरका दुई स्थानमा क्षति पुर्याएको छ । “रु छ करोडको लागतमा मात्र पुनर्निर्माण सम्पन्न हुने प्राविधिक प्रतिवेदन आएको छ”, अध्यक्ष गुरुङले भन्नुभयो, “समितिबाट आप्तावा मुहानको पानी ल्याउन नसके पनि तिप्तावाबाट पानी ल्याउने प्रयास थालिएको छ ।”

समितिले विभिन्न १४ मुहानबाट पानी ल्याउन थालेको छ । जसमध्ये पाँचवटा नयाँ हुन् । छ वटाबाट मुहानबाट हाल पानी ल्याउन नसकिएको अध्यक्ष गुरुङको भनाइ छ । फिदिम खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले हाल दुई हजार नौ सय ९५ परिवारलाई खानेपानी वितरण गर्दैआएको छ । सत्र लाख लिटर पानी हुँदामात्र सबै धारामा पानी पुग्ने समितिले जनाएको छ । समितिमा १४ जना कर्मचारीले काम गर्दै आएका छन् । समितिले उपभोक्ताका धारामा २४सै घण्टा पानी उपलब्ध गराउने प्रयास भइरहेको जनाएको छ । अहिले विभिन्न क्षेत्रका धारामा फरक–फरक समयमा खानेपानी वितरण गरिँदै आएको छ ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय पाँचथरका प्रमुख देवनाथ यादवका अनुसार गत असोज १२ गते आएको बाढीले जिल्लाका एक सयभन्दा बढी खानेपानी योजनामा क्षति पुर्याएको छ । त्यसमध्ये फिदिम खानेपानीमा सबैभन्दा बढी क्षति पुगेको छ । “तीन महिनादेखि फिदिम खानेपानीको पुनर्निर्माणका लागि प्रदेश सरकारसँग बजेट माग गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “तर अहिलेसम्म प्राप्त भएको छैन ।”

समितिका सचिव कमल बाँस्कोटाका अनुसार रानीटार र लुङरुपामा पर्ने मुख्य मुहानबाट एक दशकअघि २७.५ किलोमिटर पाइप लाइनमार्फत खानेपानी ल्याई वितरण थालिएपछि मात्र फिदिममा खानेपानीको समस्या हल भएको थियो । रु १७ करोड १४ लाखमा निर्माण गरिएको उक्त आयोजनाले नगर विकास कोषबाट लिएको रु १२ करोड ऋण तिर्न बाँकी रहेको समितिले जनाएको छ ।

सम्बन्धित खबर