Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बाँस्कोटा,महासचिवमा रञ्जु दर्शना
शनिवार, माघ २८, २०७९
२८ माघ, काठमाण्डौ । विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बाँस्कोटा सर्वसम्मत चयन हुनुभएको छ ।
शुक्रवार तथा शनिवार दुई दिन भएको महाधिवेशनले पार्टीको अध्यक्षमा बाँस्कोटालाई चयन गरेको हाे । यसैगरी उपाध्यक्षमा प्रकाशचन्द्र परियार, मिलन पाण्डे र बिमला अधिकारी पनि सर्वसम्मत चयन हुनु भएको हो ।
त्यस्तै महासचिवमा रञ्जु दर्शना, सचिवमा पवित्रा थापा, विमल तामाङ र समुन्द्र केसी र कोषाध्यक्षमा दामोदर नेपाल पनि सर्वसम्मत हुनु भएको हो ।