Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
नगर प्रमुखद्वारा निर्माणधिन अस्पताल भवनको अनुगमन
सोमवार, पौष २२, २०८१
बिर्तामोड, २२ पुस : बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईले निर्माणधिन नगर अस्पताल भवनको आज अनुगमन गर्नु भएको छ ।
नगर प्रमुख प्रसाईले वडा नम्बर ३ का वडाअध्यक्ष मदन बुढाथोकी, कार्यपालिका सदस्य यमुना आचार्य, नगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुनिल अधिकारी सहित भवनको अनुगमन गर्नु भएको हो ।
नगर प्रमुख प्रसाईले सम्झौता अवधि भित्रै काम सम्पन्न गर्न निर्देशन दिनुभयो । उहाँले निर्माण सामाग्रीको गुणस्तरमा ख्याल गर्नसमेत सुझाब दिनु भएको छ ।
भवनको २०८० बैशाख ८ गते १५ करोड ३४ हजार ३ सय ३६ रुपैँयामा विभाष इन्टरनेश्नल कन्ष्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि काठमाडौले सम्झौता गरेर काम गरीरहेको छ ।अहिलेसम्ममा ३५ प्रतिशत काम सम्पन्न भएको ठेकेदार कम्पनिका प्रतिनिधि सोम राईले जानकारी दिनुभयो । निर्माण सम्पन्न गर्नु पर्ने अन्तिम म्याद आगामी फागुन २६ गतेसम्म छ ।
भवन निर्माण सम्पन्न भएपछि बिर्तामोड नगर अस्पताल १५ शैयाबाट २५ शैयाको हुने छ ।