Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
बिर्तामोडमा २ करोड ५० लाख रुपैयाँको लागतमा गायत्री माता मन्दिर स्थापना
बिहिवार, माघ १०, २०८१
झापा, १० माघ : बिर्तामोडमा २ करोड ५० लाख रुपैयाँको लागतमा गायत्री माता मन्दिर स्थापना गरिएको छ ।
युवा उद्यमी रोनक बंशलको सक्रियतामा बिर्तामोडमा गायत्री मन्दिर स्थापना भएको हो । कोशी प्रदेश सरकारको ४० लाख, बिर्तामोड नगरपालिकाको १५ लाख र स्थानीय दाताहरुको सहयोगमा गायत्री माता मन्दिर निर्माण सम्पन्न भएको वंशलले जानकारी दिनुभयो ।प्रतिनिधिसभाका सभामुख देबराज घिमिरेको उपस्थितिमा माघ १७ गते कलश यात्रा गरिने, माघ २१ गते कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको हातबाट प्राण प्रतिष्ठा गर्ने, अनुष्ठानकै क्रममा माघ २० गते नेपालका प्रथम जगतगुरु अनन्त श्री विभुषित बालसन्त मोहनशरण देवाचार्य महाराजको प्रवचन कार्यक्रम तय भएको जनाईएको छ ।
जेष्ठ १७ गतेबाट निर्माण आरम्भ भएको मन्दिरको ५ दिवसीय अनुष्ठानको आयोजना गरेर प्राण प्रतिष्ठा गर्ने कार्यक्रम रहेको बंशलले बताउनु भयो । उहाले भन्नुभयो, “यसका अतिरिक्त प्रत्येक दिन भजन किर्तन र महाप्रसाद वितरणको कार्यक्रम राखिएको छ ।”
कार्यक्रम संयोजक बंशलका अनुसार बिर्तामोडमा निर्मित यो झापाको चौथो गायत्री मन्दिर हो। यसअघि भद्रपुर, अर्जुनधारा र कनकाईमा गायत्री मन्दिर स्थापना भएको छ ।
बैदिक सनातन धर्मका अनुसार गायत्री मातालाई पार्वती, सरस्वती र लक्ष्मीको अवतारका रुपमा लिने गरिन्छ । गायत्री मातालाईवेद माता तथा ज्ञान शक्तिको रुपमा मानिदै आएको छ ।
बिर्तामोड नगरमै पहिलो गायत्रीमाताको मन्दिर प्राण प्रतिष्ठामा नेपाल र भारतका चर्चित भजन गायक कृष्ण भण्डारी,आयुष शर्मा, साहिल कोहली तथा नेहासिंह राजपुतको सहभागीता रहने जनाइएको छ ।