Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
प्रेस चौतारी झापाको अध्यक्षमा प्रदिप परीयार, १७ सदस्यीय कमिटी नै सर्बसम्मत
शनिवार, माघ १२, २०८१
बिर्तामोड, १२ माघ : प्रेस चौतारी झापाको अधिवेशनले प्रदिप परीयारको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति सर्बसम्मत निर्बाचित गरेको छ ।
बिर्तामोडमा शुक्रबार सम्पन्न १० औँ अधिवेशनले पत्रकार महासंघ झापाको सचिवसमेत रहनुभएका परियारको नेतृत्वमा जिल्ला कमिटी सर्बसम्मत गरेको हो ।जिल्ला कमिटीको उपाध्यक्षमा राजु पोखरेल र महिला उपाध्यक्षमा सुनिरा मैनाली, सचिवमा युवराज आचार्य, सह-सचिवमा राम निरौला, समावेशी सह-सचिवमा तिलक योञ्जन तामाङ र कोषाध्यक्षमा सरोज भट्टराई सर्वसम्मत निर्बाचित भएका छन् ।
यस्तै सदस्यहरुमा अस्मिता साँखी, नविन योगी, भरत प्रसाई, इशा प्रधान, तीर्थ तिम्सिना, प्रकाश बाँनियाँ, सोम मंग्राती, रबिकिरण बान्तवा, कबिचन्द्र गुरागाई र किशोर उपरकोटी सर्वसम्मत गरिएको छ ।
नवनिर्वाचित सम्पूर्ण पदाधिकारी र सदस्यहरुलाई संगठनका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले सपथग्रहण गराउनु भयो ।