बिहिवार, असोज ३, २०८१
NayaPaper | अनलाइन पत्रिका

बिर्तामोड नगरपालिकाले सभामुख घिमिरे र उपसभामुख मगरलाई सम्मान गर्ने

बुधवार, फागुन ३, २०७९

०३, फागुन ।  बिर्तामोड नगरपालिकाले सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना मगरलाई बधाई तथा सम्मान गर्ने भएको छ ।
नगर प्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले सभामुख घिमिरे र उपसभामुख राना मगरलाई सम्मान गर्ने निर्णय गरेको हो । नगरपालिकाको कार्यालयमा फागुन ४ गते बिहिबार दिउँसो २ बजे बधाई तथा सम्मान कार्यक्रमको आयोजना गरीएको नगरपालिकाका प्रवक्ता अग्निप्रसाद पाण्डेले जानकारी दिनु भयो ।

प्रवक्ता पाण्डेले सभामुख र उपसभामुख दुवै जना झापा क्षेत्र नम्बर २ बाटै रहेकाकारण यो गौरव र ऐतिहासिक भएको भन्दै बधाई तथा सम्मान कार्यक्रमको आयोजना गरीएको बताउनु भयो । कार्यक्रममा अर्जुनधारा नगरपालिका, कनकाई नगरपालिका र बुद्वशान्ति गाउँपालिकाको समेत सहभागिता रहने जनाइएको छ ।

सभामुख घिमिरे नेकपा एमालेबाट प्रत्यक्ष तर्फ र उपसभामुख राना मगर रास्वपा समानुपातिक तर्फबाट सांसद बन्नु भएको थियो ।

सम्बन्धित खबर