Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
बिर्तामोड नगरपालिकाले सभामुख घिमिरे र उपसभामुख मगरलाई सम्मान गर्ने
बुधवार, फागुन ३, २०७९
०३, फागुन । बिर्तामोड नगरपालिकाले सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना मगरलाई बधाई तथा सम्मान गर्ने भएको छ ।
नगर प्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले सभामुख घिमिरे र उपसभामुख राना मगरलाई सम्मान गर्ने निर्णय गरेको हो । नगरपालिकाको कार्यालयमा फागुन ४ गते बिहिबार दिउँसो २ बजे बधाई तथा सम्मान कार्यक्रमको आयोजना गरीएको नगरपालिकाका प्रवक्ता अग्निप्रसाद पाण्डेले जानकारी दिनु भयो ।
प्रवक्ता पाण्डेले सभामुख र उपसभामुख दुवै जना झापा क्षेत्र नम्बर २ बाटै रहेकाकारण यो गौरव र ऐतिहासिक भएको भन्दै बधाई तथा सम्मान कार्यक्रमको आयोजना गरीएको बताउनु भयो । कार्यक्रममा अर्जुनधारा नगरपालिका, कनकाई नगरपालिका र बुद्वशान्ति गाउँपालिकाको समेत सहभागिता रहने जनाइएको छ ।
सभामुख घिमिरे नेकपा एमालेबाट प्रत्यक्ष तर्फ र उपसभामुख राना मगर रास्वपा समानुपातिक तर्फबाट सांसद बन्नु भएको थियो ।