मङ्गलवार, फागुन २६, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

सभामुख घिमिरेद्वारा बिर्तामोड नगर अस्पताललाई ६८ लाख ६८ हजारको सामग्री हस्तान्तरण

बिहिवार, माघ १७, २०८१

बिर्तामोड, १७ माघ : झापाका विभिन्न स्वास्थ्य संस्थाहरुमा दातृ संस्था हेल्पिङ हेण्ड (युएसए) ले अस्पतालजन्य सामग्री प्रदान गरिरहेको छ । वर्क फर नेपालको स्थानीय व्यवस्थापनमा हेल्पिङ हेण्डले अस्पतालजन्य सामग्री प्रदान गर्दै आएको हो ।
बिर्तामोड नगर अस्पतालमा बुधबार सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यतामा अस्पतालजन्य सामग्री हस्पतान्तरण गरिएको छ । बिर्तामोड नगर अस्पताललाई वर्थिङ वेड, इसिजी, सर्जिकलका सामान, अक्सिजन कन्सन्ट्रेटर लगायतका अस्पतालजन्य सामग्री प्रदान गरिएको हो । वर्क फर नेपालका अध्यक्ष तिलचन्द्र अधिकारीका अनुसार बिर्तामोड नगर अस्पताललाई ६८ लाख ६८ हजारको सामग्री प्रदान गरिएको छ । यस्तै, सभामुख घिमिरेबाट खुदुनावारी स्वास्थ्य चौकीलाई सोही प्रकारका २५ लाख १४ हजार बराबरको अस्पतालजन्य सामग्री प्रदान गरिएको अधिकारीले जानकारी दिए ।

अध्यक्ष अधिकारीले दिएको जानकारी अनुसार प्रादेशिक आयुर्वेदिक अस्पताललाई कमलमा मंगलवार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीबाट ४१ लाख ५४ हजार बराबरको सामग्री प्रदान गरिएको छ भने बिहीवार कुमरखोदमा रहेको स्वास्थ्य चौकीलाई ३६ लाखभन्दा बढि रकमको अस्पतालजन्य सामग्री हस्तान्तरण गरिने बताइएको छ ।
बिर्तामोड नगर अस्पतालमा सामग्री हस्तान्तरण गर्दै सभामुख देवराज घिमिरेले बिर्तामोड शिक्षा र स्वास्थ्य क्षेत्रमा हबका रुपमा विकास भइरहेको बताउनुभयो । ठुला निजी अस्पतालसँग प्रतिष्पर्धा गर्दै सहुलीयत रुपमा नगर अस्पतालले स्वास्थ्य सेवा प्रदान गरिरहेकोमा धन्यवाद दिनुभयो । अस्पताल स्थापनादेखि नै स्वास्थ्य उपचार सेवामा नगर अस्पतालले दिइरहेको सेवाप्रति खुशी व्यक्त गर्दै सभामुख घिमिरेले भन्नुभयो – सुलभ रुपमा उपचार सेवा प्रदान गर्दै यहाँका निजी अस्पतालहरुसँग प्रतिष्पर्धा गर्न सक्ने विश्वास गरेको छु । सरकारी स्वास्थ्य संस्थामा नगर अस्पतालले अब्बल संस्थाको रुपमा स्थापित हुनुपर्ने उहाँको धारणा थियो ।
‘जहाँ इच्छा, त्यहाँ उपाय’, उहाँले थप्नुभयो – बिर्तामोड नगर अस्पताल ठुलो आँट र हिम्मतका कारण यहाँसम्म आइपुगेको छ । बाँकी दिनहरुमा प्रभावकारी रुपमा सेवा दिन सक्नुहोस्, निजी अस्पताललाई प्रतिष्पर्धा गर्न आउने बनाउनुहोस् । त्यसका लागि सहयोग गर्न तयार छु ।
उपचार सेवालाई प्रभावकारी बनाउदै जान आग्रह गर्दै सभामुख घिमिरेले अस्पताल स्थापित गर्ने मुख्य दायित्व नगरपालिकाको भएको बताउनुभयो ।
कार्यक्रममा नगर प्रमुख पवित्रा महतारा प्रसाईले विगतको तुलनामा स्वास्थ्य संस्थाले उल्लेख्य प्रगति हासिल गरेको बताउनुभयो । नगर अस्पताललाई कमजोर बनाउने उद्देश्यले विगतमा विभिन्न समस्याहरु आएपनि त्यसलाई चिरेर अघि बढेको उहाँको भनाई थियो । नगर अस्पताललाई स्वास्थ्य सामग्री उपलब्ध गराउने दातृ संस्थाहरुलाई धन्यवाद दिदैं उहाँले स्वास्थ्य उपचार सेवालाई थप प्रभावकारी बनाउने धारणा व्यक्त गर्नुभयो ।
स्वास्थ्यकर्मीहरुको मनोवललाई उच्च बनाउदै नगरबासीको स्वास्थ्य उपचारलाई प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । कतिपय उपकरणहरु सञ्चालन गर्न दक्ष जनशक्ति अभाव भएकाले ढिलाई भएको जानकारी दिदैं अब तत्कालै सञ्चालन गर्ने जानकारी दिनुभयो ।
नगर अस्पतालबाट २४ घण्टा सेवा दिनका लागि आतुर रहेको बताउँदै उहाँले १२ घण्टा सेवा माघ २ गतेबाट सुरु भइसकेको जानकारी गराउनुभयो । अस्पतालमा विहान ७ बजेदेखि बेलुका ७ बजेसम्मका लागि सेवा सुरु भइसकेको छ ।
अस्पतालजन्य सामग्री हस्तान्तरण कार्यक्रममा कोशी प्रदेशका खानेपानी, सिँचाई तथा उर्जा मन्त्री एकराज कार्कीले प्रदेश सरकारबाट स्वास्थ्य क्षेत्रमा गरिरहेको कामका बारेमा जानकारी गराउनुभयो । नगर अस्पतालका लागि सुविधा सम्पन्न शुद्ध खानेपानीको व्यवस्थापन मिलाईदिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
कोशी प्रदेशका सांसद चिन्तन पाठक, अस्पतालका मेसु डा. सुनिल अधिकारी लगायतले धारणा राख्नुभएको थियो ।

सम्बन्धित खबर