बुधवार, चैत ४, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

प्रेस चौतारी झापाको उपचार कोषमा एकैदिन जुट्यो ९२ हजार

बुधवार, माघ २३, २०८१

झापा, २३ माघ : प्रेस चौतारी नेपाल झापाले स्थापना गरेको पत्रकार उपचार सहयोग कोषमा एकै दिन ९२ हजार रुपैयाँ सहयोग जुटेको छ । प्रेस चोतारी नेपाल झापाले मंगलवार दोमुखामा आयोजना गरेको २७ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा ९२ हजार ५ रुपैयाँ जुटेको हो ।

स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बिर्तामोड नगरपालिकाको नगर प्रमुख पवित्रा महतारा प्रसाईले स्वर्गीय ज्ञानुराम प्रसाईको स्मृतिमा ५१ हजार रुपैयाँ उपचार कोषलाई सहयोग गर्ने घोषणा गर्नुभयो । बिर्तामोडको पार्टी अध्यक्ष, विभिन्न सामाजिक क्षेत्रमा क्रियाशिल प्रसाईको दुर्घटनामा निधन भएको थियो । श्रीमान सामाजिक क्षेत्रसँगै मिडिया क्षेत्रसँग नजिक रहेर धेरै काम गरेको र गर्न बाँकी धेरै कामहरु अपुरो रहेको बताउँदै नगर प्रमुख प्रसाईले स्वर्गीय श्रीमान प्रसाईको नाममा उक्त रकम सहयोग गर्ने घोषणा गर्नुभएको हो ।  
यस्तै, प्रेस चौतारी झापाको १० औं जिल्ला अधिवेशनबाट उपचार कोषको संयोजकमा निर्वाचित भीमा शिवाकोटीले सोही कार्यक्रममा २५ हजार ५ रुपैयाँ सहयोग गर्नुभयो । शिवाकोटीले कोष वृद्धिका लागि आफैबाट अभियान सुरु गर्ने भन्दै संगठनका जिल्ला अध्यक्ष प्रदीप परियारलाई चेक हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा नेकपा एमाले बिर्तामोड नगर कमिटीका अध्यक्ष सुवास भट्टराई र अनेमसंघ झापाकी कोषाध्यक्ष कोपिला चौलागाईले आफ्नो जन्मोत्सवको अवसरमा ५ हजार नगद प्रदान गर्नुभएको छ ।
कोषमा साढे ४ लाख रुपैयाँ जम्मा भइसकेको छ । उपचार कोषको संयोजक शिवाकोटीले आफ्नो कार्यकालमा १५ लाख रुपैयाँ पुर्याउने घोषणा गर्नुभयो ।अधिकांश झापाली पत्रकारहरु सदस्य बनेको उपचार कोषमा संयोजक शिवाकोटीले सदस्य बन्न बाँकी पत्रकारहरुलाई सदस्य बन्न आव्हान गर्नुभएको छ । कोषले गत माघ ११ गते सम्पन्न जिल्ला अधिवेशनमा पत्रकार अम्बिका भण्डारी, गगन ढकाल र पुस्कर गुरागाईलाई सहयोग प्रदान गरेको थियो । पत्रकार भण्डारीले प्राप्त सहयोग कोषलाई नै फिर्ता गर्नुभएको संयोजक शिवाकोटीले जानकारी दिनुभएको छ ।

सम्बन्धित खबर