मङ्गलवार, फागुन ५, २०८२
Nayapaper | अनलाइन पत्रिका

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

बिर्तामोडमा ७५ प्रतिशतलाई ‘एचपिभी’ खोप लगाईयो, अभियान अझै जारी

शुक्रवार, माघ २५, २०८१

बिर्तामोड, २५ माघ : किशोरीहरुको लागि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप अभियान बिर्तामोडमा
धमाधम सञ्चालन भईरहेको छ ।

विद्यालय र विद्यालय बाहिरका किशोरीहरुका लागि माघ २२ गतेदेखि सुरु भएको यस अभियानमा खोपकर्मी र स्वयमसेवक गरि १०४ जना जनशक्ति खटिएको नगरको स्वास्थ्य शाखाले जनाएको छ ।

माघ २७ गतेसम्म सञ्चालन हुने यस अभियानमा आज (शुक्रबार) सम्मको तथ्याङ्क अनुसार ७५ प्रतिशत खोप लगाईसकिएको बिर्तामोड नगर अस्पतालका जनस्वास्थ्य निरिक्षक तथा कार्यक्रमका फोकल पर्सन गणेश रिजालले जानकारी दिनुभयो ।

बिर्तामोडमा बिद्यालयका ६ हजार ४३३ र बाहिरका १ हजार १३९ गरि कुल ७ हजार ५७२ जनालाई खोप लगाईने नगरका स्वास्थ्य शाखाका प्रमुख राजिब बिष्टले जानकारी दिनुभयो ।
यसका लागि विद्यालयमा ५७ र स्वास्थ्य संस्थामा ११ वटा गरि ६८ वटा खोप केन्द्र स्थापना गरेको जनाईएको छ ।

सरकारको कार्यक्रम अनुसार विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्म र बाहिर रहेका १० बर्षदेखि १४ वर्षसम्मका किशोरीलाई 'एचपिभी’ खोप लगाउने कार्य सञ्चालन भईरहेको हो ।

स्वास्थ्य केन्द्रमा कुनै कारणले खोप लगाउन छुटेकाहरुलाई माघ २७ गते १० वटै वडामा रहेका स्वास्थ्य संस्थामा लगाईने स्वास्थ्य शाखा प्रमुख बिस्टले जानकारी दिनु भयो ।

बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाईले लक्षित समुहले खोप अनिबार्य लगाउन आग्रह गर्नु भयो । उहाँले अभियान सफल बनाउन जनप्रतिनिधि, कर्मचारी सबै लाग्नु पर्ने बताउनु भयो ।

सम्बन्धित खबर