Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
अनेरास्ववियुको विस्तारित भेला सम्पन्न
आइतवार, माघ २७, २०८१
बिर्तामोड, २७ माघ : अनेरास्ववियुले झापामा स्ववियु निर्वाचन विशेष विस्तारित भेला सम्पन्न गरेको छ । शनिवार नेकपा एमालेको जिल्ला पार्टी कार्यालय बिर्तामोडमा भेला सम्पन्न गरेको हो ।
आसन्न स्ववियु निर्वाचनलाई लक्षित गरेर विस्तारित भेला सम्पन्न गरिएको अनेरास्ववियु झापाका इञ्चार्ज रोशन लामाले जानकारी दिनुभयो । स्ववियु निर्वाचनमा अनेरास्ववियुको जीत सुनिश्चित गर्न आवश्यक छलफल गरिएको छ ।
सोही भेलाबाट अनेरास्ववियु झापाको २२ औं जिल्ला सम्मेलनका लागि आयोजक कमिटी गठन गरिएको छ । बालचन्द्र कार्कीको संयोजकत्वमा सम्मेलन आयोजक कमिटी गठन गरिएको लामाले जानकारी दिनुभयो । उहाँका अनुसार सम्मेलन आयोजक कमिटीको सहसंयोजकमा विनिता न्यौपाने, सलिना गुरुङ र सचिवमा मदन ओली रहनुभएको छ ।
अनेरास्ववियुका केन्द्रीय सचिव मनोज ताम्लीको प्रमुख आतिथ्यतामा भएको विस्तारित भेलामा केन्द्रीय सचिव आरती भट्टराई, स्थायी कमिटी सदस्य कमल पौडेल, पार्टीका जिल्ला सचिव तुलसी कार्की, केन्द्रीय सदस्य रोशन भट्टराई, विद्यार्थी इञ्चार्ज समर्पण खतिवडा, अखिलका पूर्व नेता टिकाराम मंग्राती लगायतको सहभागिता रहेको थियो ।