शुक्रवार, फागुन २९, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

यातायात कार्यालयको भवन साँघुरो हुँदा काम गर्न समस्या, मासिक ९६ हजार भाडा तिर्न बाध्य

आइतवार, माघ २७, २०८१

झापा, २७ माघ : यातायात व्यवस्था कार्यालय बिर्तामोड नागरिकको भीडभाड हुने अत्यन्तै व्यस्त कार्यालय हो । यहाँ दैनिक सयौँ नागरिकको भीडभाड हुन्छ । तर, त्यो भीडलाई थेग्नसक्ने संरचना यातायात कार्यालयसँग छैन । दुई कठ्ठा क्षेत्रफलमा रहेको आफ्‌नै भवन साघुँरो छ ।

भवनमा रहेकाकोठाहरु पनि साघुँरा हुँदा कर्मचारीलाई काम गर्नसमेत असहज छ । केही वर्षअघि भाडाको कार्यालयबाट आफ्‌नै संरचनामा यातायात कार्यालय सरेको हो । तर, दुई कठ्ठा क्षेत्रफलको साघुँरो भवनमासर्नु पर्दा यातायात कार्यालयले भाडा तिर्नुपर्ने बाध्यता अझै हटेको छैन । आफ्‌नै कार्यालय हुँदा पनि यातायातले अहिले मासिक ९६ हजार बढी भाडाका संरचनामा काम गरिरहेको छ ।

यातायात कार्यालय बिर्तामोडका प्रमुख प्रमुख प्रेमप्रसाद सापकोटाका अनुसार आफ्‌नै कार्यालय भवन भए पनि ठाउँ अपुग हुँदा मासिक ९६ हजार ६३५ रुपैयाँ भाडा तिरेर अरु संरचना भाडामा लिनुपरेको छ । यातायात कार्यालयको भवन साघुँरो हुँदा जताततै भिडभाड हुने गरेको छ । दुई कठ्ठामा रहेको भवन साघुँरो भएको र यतिको कार्यालय सञ्चालनका निम्ति कम्तिमा पनि आठ कठ्ठाभन्दा धेरै जग्गा चाहिने स्थानीय बताउँछन् ।   

कार्यालय सघुँरो हुँदा पार्किङमा समेत समस्या रहेको छ । जथाभावजी पार्किङ गर्दा यातायात कार्यालय अस्तव्यस्त देखिन्छ । सडकमा जथाभावी पार्किङ गरिँदा सडकमा यात्रा गर्नेलाई समेत अप्ठ्यारो भएको छ । यातायात बनेको स्थान सानो हुँदा संरचना भाडामा लिएर चलाउनुपर्ने बाध्यता रहेको प्रमुख सापकोटाले बताउनु भयो । उहाँका अनुसार यातायातले नजिकै रहेको खाली जग्गा मासिक ३० हजारमा पार्किङका लागि लिएको छ । त्यो पनि अपर्याप्त हुँदा यातायात कार्यालय छेउछाउ जताततै पार्किङ गर्ने गरेको यातायात कार्यालयले जनाएको छ । यातायात व्यवस्था कार्यालय बिर्तामोडको आफ्‌नै भवन छ ।

तर, पार्किङ र कार्यालयको अन्य शाखा चलाउनका संरचना भाडामा लिएको छ । आफ्‌नै कार्यालय भवन भए पनि ठाउँ अपुग हुँदा मासिक ९६ हजार ६३५ रुपैयाँ भाडा तिर्नुपर्ने अवस्था रहेको प्रमुख सापकोटाले बताउनु भयो । यातायातले पार्किङस्थलको मासिक ३० हजार तिर्दै आएको छ । यस्तै, कार्यालय परिषर साघुँरो हुँदा सवारी साधन अनुमपति पत्रको लिखित परिक्षा हुने हल, गोदाम, बायोम्याट्रिक हल, अस्थायी रुढपर्मिट शाखा र प्राविधक शाखा भाडाको संरचनामा चलाउनुपर्ने बाध्यता रहेको उहाँको भनाई छ । जसका लागि यातायातले मासिक ६६ हजार ६३५ रुपैयाँ भाडा तिर्दै आएको उनले बताए । ‘संरचना साँघुरो भएरै भाडामा लिनुपरेको हो । यो भवनमा नअँटेका शाखाहरु भाडाका संरचनामा राखेका छौँ,’ उनले भने,‘तर, यो संरचना कामै नलाग्ने चाहिँ हैन । साँघुरो भएर मात्र भाडामा लिएको हो । फराकिलो भएको भए हामीलाई कार्यालय सञ्चालनमा सहज हुने थियो ।’ यातायात कार्यालयको सवारी साधन अनुमति पत्रका लागि परीक्षा लिने फिल्डसमेत आफ्‌नो छैन । एउटा निजी कम्पनीसँग सम्झौता गरेर दश वर्षका लागि यातायात कार्यालयले निःशुल्क फिल्ड दिएको छ ।

यातायात कार्यालय साघुँरो भएपछि सेवाग्राहीले सास्ती भोग्नु परेको छ । प्रदेश सरकार मातहतको यो कार्यालयमा सेवाग्राहीको सहजताका लागि कोशी प्रदेशसभाको न्याय प्रशासन तथा विधायन समितिले अनुगमन गरेको छ । उक्त समितिले पनि यातायात कार्यालय साँघुरो भएको निष्कर्ष निकालेको छ । समिति सभापति कमला दर्नालले यातायात कार्यालयमा आफ्‌नो पार्किङसमेत नभएको र भाडाको पार्किङस्थल पनि अस्तव्यस्त रहेको बताउनु भयो ।

सम्बन्धित खबर