Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
अर्जुनधारा अन्तरपालिका महिला फुटबलको क्वाटरफाइनलमा
आइतवार, माघ २७, २०८१
बिर्तामोड, २७ माघ : झापाको बिर्तामोडमा जारी प्रथम अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगितामा दमक नगरपालिकालाई पराजित गर्दै अर्जुनधारा नगरपालिकाको टिम क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बिर्तामोड ३ स्थित डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम प्रिक्वाटर फाइनल खेलमा दमक नगरपालिकालाई ७-० गोलको फराकिलो अन्तरले पराजित गर्दै अर्जुनधारा क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
अर्जुनधाराका लागि जेनिफर मगर एक्लैले ५ गोल गरिन भने २ गोल मेनुका मगरको नाममा रह्यो । एकोहोरो दबाब झेलेको दमकविरुद्ध पहिलो हाफमै ६-० गोलको फराकिलो अन्तर अर्जुनधाराले निकालेको थियो ।
जसमा जेनिफरले ४ र मेनुकाले २ गोल गरेकी थिइन् । जेनिफारले खेलको ३, ७ र १७औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् । यस्तै, २६ मिनेट र ५८औँ मिनेटमा जेनिफरले थप गोल गरेकी हुन् । मेनुकाले २० र २२औँ मिनेटमा गोल गरेकी थिइन् ।
जेनिफरले प्लेयर अफ दी म्याच बन्दै नगद ५ हजार पाइन् । उनलाई बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, नगर खेलकुद विकास समितिका अध्यक्ष विकास गिरीलगायतले पुरस्कार प्रदान गरे ।
भोलि आयोजक बिर्तामोड नगरपालिकाले पहिलो क्वाटरफाइनल खेलमा कनकाई नगरपालिकासँग प्रतिस्पर्धा गर्नेछ । फागुन ५ गते हुने फाइनल खेलको विजेताले नगद ३ लाखसहित आकर्षक ट्रफी पाउने छ । यस्तै, उपविजेताले नगद १ लाख ५० हजार प्राप्त गर्ने छ ।