Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
मेचीनगर पालिकास्तरीय महिला फुटबलको सेमिफाइनलमा प्रवेश
बुधवार, माघ ३०, २०८१
बिर्तामोड, ३० माघ : मेचीनगर नगरपालिका बिर्तामोडमा जारी प्रथम अन्तर पालिकास्तरीय महिला फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । कमल गाउँपालिकामाथि ३-० गोलको जित नकिाल्दै मेचीनगरले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
बिर्तामोड ३ स्थित डोमालाल राजवंशी रंगशालामा आज भएको तेस्रो क्वाटर फाइनल खेलमा पहिलो हाफमा २ र अन्तिम हाफमा १ गोल सम्भव भएको थियो । खेलमा सुरुवाती गोल वर्षा ओलीले मेचीनगरका लागि गरेकी थिइन् ।
खेलको १२औँ मिनेटमा गोल गरेकी वर्षाले २५औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेकी हुन् । यसैगरी, खेलको ५१औँ मिनेटमा नयन राईले मेचीनगरको लागि तेस्रो गोल गरिन् ।
खेलमा दुई गोल गरेकी वर्षा ओली प्लेयर अफ दी म्याच बनिन् । उनले नगद ५ हजारसहित ट्रफी पाइन् । भोलि (बिहीबार) अन्तिम क्वाटर फाइनल खेलमा शिवसताक्षी नगरपालिकाले भद्रपुर नगरपालिकाले प्रतिस्पर्धा गर्नेछ ।
फागुन ५ गते हुने फाइनल खेलको विजेताले नगद ३ लाखसहित आकर्षक ट्रफी पाउने छ । यस्तै, उपविजेताले नगद १ लाख ५० हजार प्राप्त गर्नेछ । बिर्तामोड नगर खेलकुद विकास समितिले प्रतियोगिताको आयोजना गरेको हो ।