Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
बाल विवाह सामाजिक समस्या र कानूनी अपराध हो : मुख्यमन्त्री कार्की
बिहिवार, फागुन १, २०८१
विराटनगर, १ फागुन : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बाल विवाह सामाजिक समस्या र कानूनी अपराध भएको बताउनु भएको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय विराटनगरमा आज ‘बालविवाह विरुद्ध प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्दै उहाँले बाल विवाहबाट उनीहरुको मानसिक एवं शारिरिक स्वास्थ्यमा गम्भिर असरपर्ने भएकोले यसको नियन्त्रणमा सबै जिम्मेवार पूर्वक लाग्नुपर्नेमा जोड दिनु भयो ।मुख्यमन्त्री कार्कीले प्रदेश सरकार बाल विवाहको अन्त्य एवं नियन्त्रण गर्न अभियानको रुपमा नीति तथा कानूनी प्रवन्ध गरी अगाडि वढेको जानकारी दिनु भयो ।
उहाँले प्रदेशमा बाल विवाह अन्तका लागि काम गरिएको बताउँदै कतिपय दुर्गम स्थानमा यो समस्या विद्यमान रुपमा देखिएकोले यसको नियन्त्रण गर्न सुरक्षा निकाय एवं समाज चनाखो भएर लाग्नुपर्ने आवश्यक्ता औंल्याउनु भयो।
हस्ताक्षर कार्यक्रममा प्रदेश सरकारका मन्त्री सरकारका मन्त्री प्रमुख सचिव, सचिव एवं सामाजिक अभियन्ता र विद्यालयका बालबालिकाको उपस्थिति रहेको थियो।वालविवाहमुक्त नेपालका लागि काम गरिररहेका जस्ट राइट्स फर चिल्ड्रेन इन नेपालले सो कार्यक्रमको संयोजन गरेको थियो।
सरकारको सन २०३० सम्म बाल बिवाह मुक्त गर्ने लक्ष्य रहेको छ । प्रतिबद्धतापत्रमा बालविवाह सामाजिक समस्या र कानुनी अपराध भएकाले हरतरहले वालविवाह समाप्त गर्ने प्रतिबद्धता उल्लेख छ ।