Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
‘कर्मचारीहरु जनप्रतिनिधिबाटै असुरक्षित हुनु गम्भीर’
मङ्गलवार, फागुन ६, २०८१
काठमाडौँ, ६ फागुनः राष्ट्रसेवक कर्मचारीमाथि स्थानीय तहका जनप्रतिनिधिबाट भौतिक आक्रमण तथा दुर्व्यवहारका घटना बढेकामा राष्ट्रियसभाका सांसदहरुले आपत्ति जनाउनुभएको छ ।
राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले कर्मचारीहरु जनप्रतिनिधिबाटै असुरक्षित हुनु गम्भीर चिन्ताको विषय भएको बताउनुभयो ।
सांसद पदमबहादुर परियारले तनहुँको बन्दीपुर गाउँपालिका –६ का जनप्रतिनिधिले कर्मचारीलाई आक्रमण गरेकामा आपत्ति जनाउँदै छानबिनको माग गर्नुभयो । अर्का सांसद मनरुपा शर्माले पनि सोही घटनाको विरोध गर्दै दोषीमाथि कारबाहीको माग राख्नुभयो ।
सांसद रेणु चन्दले सबै प्रकारका विभेदको अन्त्य गर्न तथा विभेद गर्नेमाथि कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद विष्णुदेवी पुडासैनीले काठमाडौँमा ढल निकास, खानेपानी, विद्युत्लगायत संरचना निर्माणमा अन्तरनिकाय समन्वय हुनुपर्नेमा जोड दिनुभयो ।
सांसद रुक्मिणी कोइराला, विष्णुकुमारी सापकोटा, विष्णुबहादुर विश्वकर्मा, कृष्णप्रसाद अधिकारी, सावित्री मल्लले भारतको ओडिसास्थित केआइआइटी विश्वविद्यालयमा अध्ययनरत बुटवलकी प्रकृति लम्सालको मृत्युको छानबिनका लागि सरकारले तत्काल पहल थाल्नुपर्नेमा जोड दिनुभयो ।