Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
भद्रपुरझापा गोल्डकपः चार देशका १० टोली प्रतिस्पर्धामा
बुधवार, फागुन ७, २०८१
भद्रपुर, ७ फागुनः भद्रपुरझापा गोल्डकपको दोस्रो संस्करण आजदेखि प्रारम्भ हुँदैछ । उद्घाटन खेलमा आयोजक भद्रपुर ब्लेजर्स र पाहुना टोली भारतको दार्जिलिङ पुलिसबीच प्रतिस्पर्धा हुँदैछ ।
मेची रङ्गशालामा दिउँसो २ः३० बजे खेल सुरु हुनेछ । गोल्डकपमा नेपाल, भारत, भुटान र बङ्गलादेशका १० टोली भिड्दैछन् । प्रतियोगितामा घरेलु टोली भद्रपुर ब्लेजर्स, ‘ए’ डिभिजन क्लब चर्च ब्वाइज युनाइटेड, मच्छिन्द्र फुटबल क्लब, नेपाल पुलिस क्लब, न्युरोड टिम, सशस्त्र प्रहरीको एपिएप एफसी र झापा–११ गरी सात नेपाली टोली सहभागी हुँदैछन् ।
यसैगरी भारतको दार्जिलिङ पुलिस एफसी, भुटानको ट्रान्सपोर्ट युनाइटेड एफसी र बङ्गलादेशको काउर्न बजार प्रगति सङ्घ गरी तीन विदेशी टोली सहभागी छन् ।