Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
प्रेस क्लब मेचीनगरको अध्यक्षमा पौडेल
बुधवार, फागुन ७, २०८१
मेचीनगर, ७ फागुन । प्रेस क्लब मेचीनगरको अध्यक्ष प्रकाश पौडेल सर्वसम्मत चयन हुनुभएको छ ।
आज काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको सभाहलमा आयोजित प्रेस क्लब मेचीनगरको १० औँ साधारणसभा तथा छैटौं अधिवेशनले पौडेललाई अध्यक्षमा सर्वसम्मत चयन गरिएको हो ।
समितिको उपाध्यक्षमा खगेन्द्र घिमिरे, महिला उपाध्यक्षमा मनिषा गौतम, सचिवमा प्रविण अधिकारी, सहसचिवमा नवराज सुवेदी र कोषाध्यक्षमा दिलीप थापा चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा सुजन प्रधान, भोला तिम्सिना, सेवन्ता घिमिरे, पुष्कर गुरागाईं रहेनुभएको छ ।
कार्यसमिति सदस्यमा एक जना पछि थप गरिने निर्वाचन समितिले जनाएको छ । ११ सदस्यीय कार्यसमितिको कार्यकाल २ वर्षको रहने छ ।
क्लबका पूर्व अध्यक्ष ज्ञानेन्द्र निरौलाको संयोजकत्वमा निर्वाचन समिति चयन भएको थियो । समितिको सदस्यमा शिशिर चौलागाई र प्रकाश उप्रेती रहनुभएको थियो ।