मङ्गलवार, जेठ ७, २०८२
Nayapaper | अनलाइन पत्रिका

फागुन २० देखि ‘तेस्रो बुट्टाबारी च्यालेञ्ज कप’ हुने

बिहिवार, फागुन ८, २०८१

बिर्तामोड, ८ फागुन: झापाको बिर्तामोड –६ स्थित बुट्टाबारीमा ‘तेस्रो बुट्टाबारी च्यालेञ्ज कप’ फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

बुट्टाबारी युनाइटेड क्लबको आयोजनामा हुने प्रातियोगिता आगामी फागुन २० गतेदेखि सञ्चालन हुने आज बुट्टाबारीस्थि हरियाली खेल मैदानमा आयोजित पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो ।

क्लबका अध्यक्ष हिमाल कन्दङवाले कोशी प्रदेशका ८ टिमको प्रतियोगितामा सहभागिता हुने बताउनु भयो । प्रतियोगितामा आयोजक बुट्टाबारी युनाइटेड क्लब, गाईघाट युनाइटेड, बिराटनगर सिटी एफसी, न्यु स्टार क्लब सुनसरी, रेडबर्ष फु्टबल क्लब इलाम, लेटाङ फुटबल क्लब मोरङ, शनिश्चरे फु्टबल क्लब झापा र बगान युथ क्लब झापाको सहभागिता रहने अध्यक्ष कन्दङवाले जानकारी दिनुभयो ।

प्रतियोगिताको बिजेताले २ लाख २ हजार २२२ र उपविजेताले १ लाख १ हजार १११ रुपैंयाँ, आकर्षक ट्रफी पाउने छन् । प्रतियोगिताको बेस्ट प्लेयरलाई १५ हजार, उच्च गोलकर्तालाई १० हजार १००, राइजिङ प्लेयर १० हजार, बेस्ट गोलकिपरलाई १० हजार रुपैंयाँ पुरस्कार प्रदान गरिने छ । प्रत्येक दिनको प्लेयर अफ द म्याचलाई ३ हजार रुपैंयाँ प्रदान गरिने छ ।

पत्रकार सम्मेलनका प्रमुख अतिथी बिर्तामोड वडा नं। ६ का वडाध्यक्ष सुर्यकुमार कन्दङवाले बुट्टावारी युनाइटेड खेल क्षेत्रसँगै सामाजिक काममा क्रियाशिल रहेको बताउनुभयो ।
उहाँले खेलसँगै स्वास्थ्य, शिक्षा, सरसफाई, वृक्षरोपण, सचेतना मुलक कार्यक्रमहरु आयोजना गर्दै अगाडी बढिरहेकोमा धन्यवाद दिनुभयो ।

त्यस्तै, झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामाले सानो ठाँउमा मैदानको व्यवस्था गरेर खेलाडीहरु उत्पादन गर्दै झापाली फुटबलको विकासमा सहयोग पुर्याएकोमा क्लबालाई धन्यवाद दिदै आफूले सकेको सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो ।

प्रतियोगिता सम्पन्न गर्न १९ लाख ५० हजार रुपैंयाँ लागत अनुमान गरिएको छ । यसअघि झापा जिल्लाका क्लबको सहभागितामा प्रतियोगिता आयोजना हुँदै आएकोमा यो बर्षदेखि कोशी प्रदेशका क्लबलाई सहभागी गराइएको अध्यक्ष कन्दङवाले जानकारी दिनुभयो ।

बिर्तामोड नगरपालिका–६ को हरियाली खेल मैदानमा हुने प्रतियोगिता आयोजनाका लागि वडा नम्बर ६ ले २ लाख, बिर्तामोड नगरपालिकाले २ लाख रुपैंयाँ प्रदान गर्ने जानकारी दिइएको छ । प्रतियोगिताको सहआयोजकमा हरियाली सामुदायिक वन र ६ नं। वडा कार्यालय रहेको छ ।

सम्बन्धित खबर