Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
विराट–अर्जुन सहकारीले आयोजना गरेको रक्तदान कार्यक्रममा ५१ पिन्ट रगत संकलन
बिहिवार, फागुन ८, २०८१
बिर्तामोड, ८ फागुन : विराट–अर्जुन उपभोक्ता सहकारी संस्था बिर्तामोडले आज आयोजना गरेको रक्तदान कार्यक्रममा ५१ पिन्ट रगत संकलन भएको छ ।
नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाको प्राविधिक सहयोग तथा चलचित्र पत्रकार संघ नेपाल झापा शाखा, नेपाल हृदय रोग निवारण प्रतिष्ठान र झापा ब्लड डोनर सोसाईटीसंगको सहकार्यमा आयोजित रक्तदान कार्यक्रममा ३९ जना पुरुष र १२ जना महिलाले रक्तदान गरेका हुन् ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले अहिले दैनिक एक सय पोका ब्लड आवश्यक रहेको बताउनु भयो । उहाँका अनुसार हाल झापा जिल्लामा ८० जना डाइलोसिसका बिरामी छन् । हालसम्म रगतको अभावले कोहि मर्नु नपरेको भन्दै सामाजिक संघ संस्थाहरुलाई रक्तदान कार्यक्रमका लागि आग्रह गर्नु भयो ।सहकारी संस्थाका अध्यक्ष नविन खरेलको अध्यक्षतामा आयोजित रक्तदान उद्घाटन कार्यक्रममा रेडक्रस उपशाखा बिर्तामोडका सभापति मनोज अग्रवाल, पूर्वेली ढुवानी सेवा प्रा.लिका सञ्चालक निर्मल खत्री, बोष्टन एजुकेशनका सुमन शर्मा जमरकट्टेल, चलचित्र पत्रकार संघ नेपाल झापाका अध्यक्ष रमेश तिवारी लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा विष्णु आचार्यले स्वागत र सहकारी सचिव लक्ष्मीप्रसाद खरेलले सञ्चालन गर्नु भएको थियो ।