आइतवार, जेठ ५, २०८२
Nayapaper | अनलाइन पत्रिका

भद्रपुरझापा गोल्डकपः पहिलो क्वाटरफाइनल आज

शुक्रवार, फागुन ९, २०८१

 झापा, ९ फागुनः दोस्रो संस्करणको भद्रपुरझापा गोल्डकपको पहिलो क्वाटरफाइनलमा प्रतियोगिता आयोजक भद्रपुर ब्लेजर्स र नेपाल पुलिसबीच आज प्रतिस्पर्धा हुँदैछ ।

मेची रङ्गशालामा अपराह्न क्वाटरफाइनल हुनेछ । गोल्डकपमा आयोजक ब्लेजर्सले उद्घाटन खेलमा पाहुना टोली दार्जिलिङ पुलिसलाई पराजित गरेको हो । प्रतियोगितामा स्वदेशीसहित भारत, भुटान र बङ्गलादेशका १० टिमको सहभागी छन् ।

यही फागुन ७ गतेदेखि सुरु भएको प्रतियोगिता फागुन १६ गतेसम्म जारी रहनेछ । दार्जिलिङ पुलिस क्लब र ‘ए’ डिभिजनको मच्छिन्द्र क्लब पहिलो खेल हारेर प्रतियोगिताबाट बाहिरिएको आयोजकले जनाएको छ ।

सम्बन्धित खबर