Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
वातावरण क्षेत्रमा चीनको नयाँ कदम: नवप्रवर्तन प्रवर्द्धन गर्दै
शुक्रवार, फागुन ९, २०८१
बेइजिङ, ९ फागुन: चिनियाँ इकोलोजी तथा वातावरण मन्त्रालय र अन्य सरकारी निकायहरूद्वारा जारी दिशानिर्देशअनुसार चीनले हरित, सुन्दर चीन निर्माण गर्ने प्रयासको रूपमा पर्यावरण तथा वातावरण क्षेत्रमा वैज्ञानिक र प्राविधिक आविष्कारहरूलाई बलियो बनाउने वाचा गरेको छ ।
सन् २०३५ सम्म प्रविधि र उच्च–स्तर विज्ञान–टेक प्रतिभाको सुधार सङ्ग क्षेत्रको नवीनता प्रणालीको समग्र दक्षता उल्लेखनीय रूपमा बढाइनेछ ।
दिशानिर्देश अनुसार चीनले यस क्षेत्रको वैज्ञानिक र प्राविधिक प्रणालीको सुधारलाई गहिरो बनाउने र देशको पारिस्थितिक तथा वातावरणीय शासन क्षमतालाई थप सुधार गर्ने छ ।
यसले आविष्कारको लागि खुला र समावेशी वातावरण सिर्जना गर्नेछ । साथै, आधारभूत अनुसन्धान, प्रमुख प्राविधिक सफलता, वैज्ञानिक र प्राविधिक उपलब्धिको रूपान्तरण र स्थानान्तरणमा सुधार गर्ने योजनाहरू लागू गर्नेछ ।
यी योजनाहरुको कार्यान्वयन सुनिश्चित गर्न आर्थिक सहयोग र खुला सहकार्यलाई प्रवर्द्धन गरिने मन्त्रालयले जनाएको छ ।