बिहिवार, फागुन २८, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

बिर्तामोडमा हात्तीपाइले रोग विरुद्वको आम औषधी सेवन कार्यक्रम शुभारम्भ

बुधवार, फागुन १०, २०७९

झापा ।  बिर्तामोड नगरपालिकामा हात्तीपाइले रोग विरुद्वको आम औषधी सेवन कार्यक्रम शुभारम्भ भएको छ । नगरपालिकाको कार्यालयमा आज आयोजित संक्षिप्त कार्यक्रम विच नगर प्रमुख पवित्रा महतारा प्रसाईले औषधी सेवन गरेर नगर स्तरिय औषधी सेवन कार्यक्रमको शुभारम्भ गर्नु भयो ।
कार्यक्रममा नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपाने, शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, वरिष्ठ योजना अधिकृत जय तिम्सिना लगायत जनप्रतिनिधि तथा कर्मचारीहरुले पनि औषधी सेवन गर्नु भयो ।

बिर्तामोड नगरपालिकाको आव्हान, हात्तीपाईले रोग मुक्त नगर हाम्रो अभियान भन्ने मुलनाराका साथ फागुन ११ देखि १७ गतेसम्म नगरका सबै वडाहरुमा हात्तीपाइले रोग विरुद्वको औषधी सेवन कार्यक्रम सञ्चालन हुने भएको हो ।

औषधी सेवन शुभारम्भ कार्यक्रममा बोल्दै नगरप्रमुख प्रसाईले हात्तीपाइले रोग विरुद्वको औषधी अनिवार्य सेवन गर्न नगरवासी सबैलाई आग्रह गर्नु भयो । अघिका वर्षहरुमा औषधीको बारेमा गलत हल्लाह भएकाकारण धेरै सर्वसाधारणले औषधी सेवन नगरेको भन्दै उहाँले त्यस प्रकारको भ्रममा नपर्न आग्रह गर्नु भयो ।

बिर्तामोड नगरपालिका क्षेत्रभित्र औषधी सेवन कार्यक्रमका लागि १ सय ५० जना भन्दा बढी तालिम प्राप्त स्वास्थ्यकर्मीहरु खटिएको स्वास्थ्य शाखा प्रमुख राजिव विष्टले जानकारी दिनु भयो । उहाँले पहिलो चरणमा प्रत्येक वडामा रहेका विद्यालय र त्यसपछि गाउँ टोलहरुमा पुगेर स्वास्थ्यकर्मीहरुको टोलीले औषधी ख्वाउने तयारी रहेको बताउनु भयो । नगरपालिकाले औषधी सेवन कार्यक्रमका बारेमा विभिन्न प्रचार प्रसार तथा स्वास्थ्यकर्मीहरुलाई आवश्यक तालिमको समेत व्यवस्था गरेको थियो ।

हातीपाइले रोग मानिसलाई नराम्रो गरी शरीरिक रुपमा अशक्त, असमर्थ तथा अपाङ्ग बनाउने एक सरुवा रोग हो । यो रोग एक प्रकारको मसिनो धागो आकारको जुका जस्तै परजीवीका कारणले लाग्ने गर्दछ । सरकारले यस रोगको जोखिम भएका झापा लगायतका सम्पूर्ण जिल्लाहरुमा राष्ट्रिय आम औषधि सेवन कार्यक्रम संचालन गरेको हो ।

२ वर्ष उमेर नपुगेका बालबालिकाहरु ,गर्भवती र सात दिन सम्मका सुत्केरी तथा सिकिस्त बिरामीहरु (कुनै कडा रोग लागि औषधि सेवन गरिरहेकाहरु, जस्तै क्यान्सर, मुटु रोगी, कलेजो रोगी, फोक्सोको दीर्घ रोगी), छारे रोगीहरु, २४ घण्टाभित्र ज्वरो आएको तथा कडा कुपोषण भएका पाँच वर्ष मुनिका बालबालिकाहरुले यो औषधि सेवन गर्नु हुँदैन ।

 

सम्बन्धित खबर