Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
वीरता जेसीजको अध्यक्षमा युवराज कुँवर निर्विरोध निर्वाचित
शुक्रवार, फागुन ९, २०८१
बिर्तामोड, ९ फागुन : बिर्तामोडस्थित वीरता जेसीजको अध्यक्ष पदमा युवराज कुँवर निर्विरोध निर्वाचित हुनु भएको छ ।
वीरता जेसीजको ४४ औँ अधिवेशन तथा साधारण सभाबाट कुँवर सन् २०२५ का लागि निर्विरोध निर्वाचित हुनु भएको हो ।
अध्यक्ष पदका तीन उम्मेदवारमध्ये अध्यक्ष पदका तीन उम्मेदवारमध्ये सुरज चौधरी र दिवाकरलाल चौधरीले ककस प्रक्रियामा भाग नलिएपछि कुँवर निर्विरोध निर्वाचित भएको
घोषणा गरिएको निर्वाचन अधिकृत घनश्याम चौधरीले जानकारी दिनु भयो।
ककसमा सहभागी नहुने उम्मेद्वारको उम्मेद्वारी स्वतः खारेज हुने जेसीजमा व्यवस्था छ । वीरता जेसीजको कार्यकारिणी उपाध्यक्षमा प्रभात मास्के र सुमनकुमार पोद्धार निर्विरोध निर्वाचित हुनु भएको छ ।वीरता जेसीजको सम्पूर्ण पदमा निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो।
वीरता जेसीजको संयुक्त सचिवमा सुमन तिखत्री, उपाध्यक्षहरूमा पुष्प भण्डारी, शुभम शाह, अजय कुमार चौधरी र अजय अधिकारी निर्विरोध निर्वाचित हुनु भएको छ ।
त्यस्तै जनसम्पर्क अधिकारीमा अभिषेक गहतराज र तालिम संयोजकमा सुशील थापा निर्विरोध निर्वाचित हुनु भयो ।
जेसीजको विधान अनुसार कानुनी सल्लाहकार, महासचिव, कोषाध्यक्ष र सहकोषाध्यक्ष अध्यक्षले मनोनित गर्ने व्यवस्था रहेको छ भने निवर्तमान अध्यक्ष बोर्डको पदेन सदस्य हुने व्यवस्था रहेको छ।