शुक्रवार, फागुन २९, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

गायत्री माता मन्दिरको संरक्षक र व्यवस्थापन समिति गठन

शनिवार, फागुन १०, २०८१

झापा, १० फागुन : बिर्तामोड ५ मा निर्मित गायत्री माता मन्दिर सेवा समितिले संरक्षक सहित व्यवस्थापन समिति र सल्लहकार समिति गठन गरेको छ ।

झापामै पहिलो पटक पाँच दिवसीय अनुष्ठानका साथ माताको प्राण प्रतिष्ठा र मन्दिरको उद्घाटनसंगै त्यसको व्यवस्थापन, सञ्चालन र रेखदेखका लागि संरक्षक सहितको व्यवस्थापन समिति निर्माण गरिएको हो ।

मन्दिर निर्माण समितिका संयोजक रौनक वंशल सहित बिर्तामोड नगरपालिका प्रमुख, उपप्रमुख , वडानम्वर ५ का वडाध्यक्ष, इलाका प्रहरी कार्यालय अनारमनी, जिल्ल ट्राफिक प्रहरी कार्यालय झापा, सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प शनिश्चरेका प्रमुखलाई मन्दिरको संरक्षक बनाइएको छ भने ३१/३१ सदस्यीय व्यवस्थापन समिति र सल्लाहकार समिति तयार गरिएको छ ।

मन्दिर निर्माण समितिका संयोजक वंशलको अध्यक्षाता तथा बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला , बिर्तामोड वडा नम्वर ५ का वडाध्यक्ष रोहित प्रसाई , नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, अर्जुनधारा जलेश्वर धामका अध्यक्ष नवीन गट्टानी लगायतका विशिष्ठ व्यक्तिको उपस्थितिमा बसेको बैठकले विवेक अग्रवालको संयोजकत्वमा ३१ सदस्यीय व्यवस्थापन समिति गठन गरेको हो । त्यस्तै सहसंयोजक सुजित अग्रवाल, सचिवमा मनोज वजाज र कोषाध्यक्ष राजेश अग्रवाल चयन हुनु भएको छ ।

मन्दिर व्यवस्थापन समितिको सदस्यहरुमा मुकेश अग्रवाल, विकास अग्रवाल, सुमित अग्रवाल, विजय सिङ्गल, श्याम बसल, मनोज वंशल, तारा श्रेष्ठ, रमा खनाल, टङ्कप्रसाद खनाल, अजय कलवार, शत्रुघन गुप्ता रौनियार, अशोक चौधरी, श्याम अग्रवाल, निरज वंशल, मनिष पोद्धार, सतिष अग्रवाल, अभिषेक अग्रवाल, रवि वंशल, अनमोल सिङ्गल, रवि शर्मा, साहिल जोधानी, टेकेन्द्र अग्रवाल, नरेश मित्तल, विशाल गोयल , प्रयागचन मित्तल, रितेश अग्रवाल, कौशल अग्रवाल चयन हुनु भएको छ।

यता सल्लाहकार समितिमा उमेश डालमिया, निर्मल भट्टराई , राजु न्यौपाने , कुशल खतिवडा ,सुरेश कुमार अग्रवाल ‘भद्रपुरे’, मोहन मित्तल, प्रशान्त भण्डारी, एकराज गिरी, मेघराज बास्तोला,नवीन कुमार गोयल,नवीन गट्टानी,सुवास भट्टराई,सजेश शिवाकोटी,विष्णुकुमार निरौला,राजकुमार गुप्ता,पार्वता खरेल बिमली, स्वस्तिका आचार्य,नीलम अग्रवाल,दिनेश श्रेष्ठ,निशा गुप्ता, वेद प्रकाश वंशल, विनोद वंशल ,सुशील अग्रवाल ‘सीए’,शुभ कुमाई पाठक, अनुज मारु,शिवकुमार अग्रवाल,दीपचन्द साहेवाला,पप्पु वंशल,रजनिश कर्नानी,महेश चितलाङ्गिया र यज्ञराज अग्रवाल चयन हुनुनभएको छ ।

वैठकमा दाताको नामावली सहित मन्दिर निर्माणका क्रममा भएको आय व्ययको विवरण केही दिनमा पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरिने मन्दिर निर्माण समितिका संयोजक वंशलले बताए । मन्दिर दातााको सहयोग सहित बिर्तामोड नगरपालिका र प्रदेश सरकराको अढाई करोड रुपैयाँको लगानीमा निर्माण भएको हो ।

मन्दिर उद्घाटन अघि गत माघ १७ गतेबाट मन्दिर परिसरमा आयोजित अनुष्ठानको उद्घाटन प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले गर्नुभएको थियो भने माघ २० गते नेपाल राष्ट्रका प्रथम ऐतिहासिक जगतगुरु अनन्त श्री विभूषित बालसन्त मोहनशरण देवाचार्य महाराजबाट विशेष प्रवचनको आयोजना गरिएको थियो । त्यस्तै माघ २१ गते विशेष कार्यक्रमका बीच माताको प्राण प्रतिष्ठा कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले गर्नु भएको थियो ।

सम्बन्धित खबर