सोमवार, फागुन २५, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

झापा जिल्ला सहकारी संघको निर्वाचन अनिश्चित

शनिवार, फागुन १०, २०८१

बिर्तामोड, १० फागुन : झापा जिल्ला सहकारी सङ्घको नेतृत्व चयनका लागि गर्ने भनिएको निर्वाचन अनिश्चित बनेको छ । यसअघि दुईपटक तय गरिएको निर्वाचन कार्यतालिका सञ्चालक समितिले शुक्रबार फेरि स्थगन गरेको हो ।

आठौँ कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्न गठित निर्वाचन समितिले प्रकाशन गरेको दोस्रो तालिका अनुसार आज फागुन ९ गते मतदाता नामावली प्रकाशन हुनुपर्थ्यो। तर कार्यान्वयन हुने सकेन ।

सङ्घका व्यवस्थापक सञ्जु देवानले सूचना प्रकाशन गरेर निर्धारित निर्वाचन कार्यक्रम सञ्चालक समितिको निर्णयले स्थगित भएको जानकारी दिनुभयो ।

गत पुष २२ गते प्रकाशन गरिएको निर्वाचन कार्यतालिका अनुसार माघ २० गते मतदाता नामावली प्रकाशन, माघ २५ गते उम्मेदवारी मनोनयन दर्ता र फागुन ३ गते मतदानको कार्यक्रम बनाइएको थियो ।

तर निर्वाचन समितिले माघ २० गते मतदाता नामावली प्रकाशन गर्न सकेन भने सो पछिका सबै कार्यक्रमहरू अगाडि बढेनन् ।

फेरि माघ २३ गते निर्वाचन समितिले अर्को सूचना प्रकाशन गरेर आज फागुन ९ गते मतदाता नामावली प्रकाशन गर्ने जनाएको थियो । तर आज संघका व्यवस्थापक देवानको हस्ताक्षरमा प्रकाशित सूचनाले निर्वाचन नै अनिश्चित बनेको छ ।

सङ्घको कार्यालय स्रोतका अनुसार झापा जिल्ला सहकारी सङ्घमा ४९० प्रारम्भिक सहकारी संस्था र विषयगत संघहरूको सदस्यता रहेको छ। तर आजसम्म संघमा आबद्ध सदस्यमध्ये ३१० वटा संघ–संस्था ६३ प्रतिशतले सदस्यता नवीकरण गरेका छन् ।

संघले उपलब्ध गराएको विवरण अनुसार मतदाता बन्न योग्य हुनका लागि संघले तोकेको सेवा शुल्क, सेयर रकम र बचत रकम पूरा गरेको हुनुपर्छ । ती मापदण्डहरु पूरा नगरेका प्रारम्भिक संस्था र विषयगत संघहरु मतदाता बन्न नसक्ने प्रावधान छ ।

सदस्यता नविकरणमा ढिलाइका कारण नै निर्वाचनको कार्यतालिका पटकपटक फेरबदल हुने अवस्था आएको संघको कार्यालय स्रोतको दावी छ ।

तर करिव ५० वटा निस्क्रिय संस्थाहरुको विगत लामो समयदेखि नविकरण नै हुने नगरेकोले आजसम्म नविकृत संस्थाहरु ६३ प्रतिशत हुँदा पनि निर्वाचन रोक्नुपर्ने कुनै कारण नभएको एक सञ्चालकले टिप्पणी गरेका छन् ।

संघको आगामी अध्यक्षका लागि वर्तमान उपाध्यक्ष प्रेमकुमार कोइरालालाई तयारी गर्न संकेत मिलिसकेकोले ‘मूल नेतृत्व विवाद’ निर्वाचन सर्नुपर्ने कारण नै नभएको ती सञ्चालकको दावी छ ।

जिल्ला सहकारी संघले निर्वाचन स्थगित भएको जनाउन आज जारी गरेको सूचना फेसबुक पेजमा पनि राखिएकोले सो पोष्टमा प्रारम्भिक संस्थाका सञ्चालक र कर्मचारीहरुको टिप्पणीले संघको गरीमामाथि नै आँच पुग्ने देखाउँछ ।

यसरी पटक पटक निर्वाचन कार्यक्रम रद्ध गर्नु र पर धकेल्दै अनिश्चित बनाउनुले सदस्य संस्थाहरुलाई के सिकाइँदैछ भनी प्रश्न पनि उठाइएको छ ।

 

सम्बन्धित खबर