बिहिवार, चैत ७, २०८१
Nayapaper | अनलाइन पत्रिका

रुस-युक्रेन युद्ध रोक्न बेलायत र फ्रान्सले सहयोग नगरेको ट्रम्पको आरोप

शनिवार, फागुन १०, २०८१

न्युयोर्क, १० फागुन: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनको युद्ध अन्त्यमा लागि बेलायती प्रधानमन्त्री केइर स्टेइमर र फ्रान्सेली राष्ट्रपति एमानुएल म्याक्रोनले केही सहयोग नगरेको आरोप लगउनु भएको छ ।

साथै ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका लागि युद्ध विरामको विकल्प नभएकोमा जोड दिनुभएका छ। उनले वार्ताको टेबलमा जेलेन्स्कीको आवश्यकता आफूले ठहर नगरेको फेरि प्रष्ट पार्नुभएका हो ।

यस बिचमा मध्यपूर्वका लागि ट्रम्पका दूत केइथ केलगको भाषा भने फरक थियो। उनले उनले जेलेन्स्कीलाई उत्साही नेताको रूपमा लिएको बताउनु भएका थियो ट्रम्पले जेलेन्स्कीलाई तानाशाहीको आरोप लगाएपछि केलग र जेलेन्स्कीको वार्ता भएको हो।

जेलेन्स्कीलाई वार्तामा नबोलाएपछि युरोपका धेरै नेताले उनको पक्षमा बोल्नुभएका थियो। बेलायती प्रधानमन्त्रीले रुस र युक्रेनको सीमामा सेना पठाएर सुरक्षा गर्नेसमेत बताएको जनाइएको छ। युरोपेली नेतालाई रुस र अमेरिकाको वार्तामा नबोलाइए पछि उनीहरूको बीचमा बारम्बार छलफल भएको छ। पेरिसमा युरोपेली सम्मेलनको समेत आयोजना भइसकेको छ।

सन् २०२२ मा युक्रेनमा आक्रमण गरेपछि अमेरिका, बेलायत, युरोपेली युनियन, अस्ट्रेलिया, क्यानडा र जापान समेत मिलेर रुसमाथि २० हजार भन्दा बढी प्रतिबन्ध लगाइएको थियो।

जनवरीमा मात्र धेरै देशले युक्रेनलाई सहयोग गर्ने विषयमा हस्ताक्षर गरेका थिए। सोही क्रममा पनि स्टेइमरले युक्रेनको स्वतन्त्रताका लागि सधैँ साथ दिने बताउनु भयो । शुक्रबार फक्स न्युजको अन्तरवार्तामा ट्रम्पले आफ्नो प्रयास विना रुसी राष्ट्रपति भ्लाडिमिर पुटिन र युक्रेनी राष्ट्रपति जेलेन्स्की बिचको वार्ता असम्भव नै रहेको बताउनु भयो ।काठमाडौँ, १० फागुन

सम्बन्धित खबर