बिहिवार, असोज ३, २०८१
NayaPaper | अनलाइन पत्रिका

बिर्तामोड नगर खेलकुद विकास समितिलाई स्वागत

बुधवार, फागुन १०, २०७९

झापा ।  बिर्तामोड नगरपालिकाले नगर खेलकुद विकास समितिका नवनियुक्त पदाधिकारी र सदस्यहरुलाई स्वागत तथा बधाई ज्ञापन गरेको छ ।
नगरपालिकाको कार्यालयमा आज संक्षिप्त कार्यक्रमको आयोजना गर्दै नगरप्रमुख पवित्रा महतारा प्रसाई, प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपाने, शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, वरिष्ठ योजना अधिकृत जय तिम्सिनाले सबैलाई टिका तथा खदा लगाईदिएर स्वागत गर्नु भयो । नगर प्रमुख प्रसाईले समितिका सबैजनालाई आधिकारिक पत्र समेत प्रदान गर्नु भयो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले खेलकुद विकास समितिलाई अव्वल ढंगले अघि बढाउन सुझाव दिनु भयो । सबै विधाका खेलहरुलाई समेटेर अघि बढ्नु पर्ने बताउँदै उहाँले युवाहरुसंग नगर खेलकुद क्षेत्रमा सुधारको अपेक्षा राखेको बताउनु भयो ।

यस्तै नगर खेलकुद विकास समितिका अध्यक्ष विकास गिरीले यस अघि खेल क्षेत्रमा रहेर आफुले गरेका कामहरुको अनुभवको आधारमा अघि बढ्ने प्रतिवद्वता जनाउनु भयो । उहाँले बिर्तामोडलाई खेलकुद हवका रुपमा विकास गर्दै लैजाने बताउनु भयो ।

नगरपालिकाले केहि दिन अघि विकास गिरीको अध्यक्षतामा १५ सदस्यीय नगर खेलकुद विकास समिति गठन गरेको थियो । समितिको उपाध्यक्षमा आईतमाया लिम्बु शेर्मा र सन्तोष गुरुङ रहनु भएको छ । यस्तै सदस्यहरुमा राम प्रसाई, सुदिप खवास, माधब खरेल, सागर राई, बाघधन राई, रिन्टु हस्दा, वेदप्रकाश अग्रवाल, गणेश कटुवाल, रमेश उप्रेती, बिकि चौधरी, शारदा दाहाल र सदस्य सचिवमा बिसन लिम्बु रहनु भएको छ ।

 

 

सम्बन्धित खबर